संसद जलाउन प्रदर्शनकारी उक्साउने कलाकारद्वय दीपक र निश्चललाई पक्राउ गरेर कारबाही गर्न माग

काठमाडौं । कलाकारद्वय दीपकराज गिरी र निश्चल बस्नेतले संसद भवन, सिंहदरबार र नेताहरूकाे घर जलाउन उक्साएकाे भिडियो र तस्बिरहरू सार्वजनिक भएपछि आलोचना भएका छन् ।

भदौ २४ गतेकाे हिंसात्मक प्रदर्शनमा गिरी र बस्नेत आफै सहभागी भइ प्रदर्शनकारीलाई उत्तेजित बनाएको आराेप लागेकाे छ । कलाकार गिरी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिकाे घर कति जलेकाे छ ? भनेर मुखमा मास्क लगाएर हेर्न गएकाे तस्बिर सार्वजनिक भएको छ । कलाकार गिरीले प्रदर्शनकारीहरूलाई उत्तेजित बनाएकाे आराेप छ ।

कलाकार बस्नेतले संसद भवनमा प्रदर्शनकारीलाई उत्तेजित बनाउने गरी अभिव्यक्ति दिएकाे भिडियोहरू सार्वजनिक भएका छन् । बस्नेतले केही प्रदर्शनकारीहरूसँग तस्बिरहरू खिचाउदै संसद भवन जलाएकाेमा खुसी व्यक्त गरेका छन् । नायिका स्वस्तिमा खड्काकि पति हुन् कलाकार बस्नेत । पत्नी र पति नै पछिल्लो समय शंकास्पद गतिविधिमा संलग्न रहँदै आएका थिए ।

कलाकारद्वय दीपकराज गिरी र निश्चल बस्नेतलाई पक्राउ गरेर कारबाहीको माग उठेकाे छ । गिरी र बस्नेतले आफूहरूलाई लागेकाे आराेप अस्वीकार गरेका छन् । तर, गिरी र बस्नेतप्रति सामाजिक सञ्जालमा निकै कठाेर टिप्पणीहरू भइरहेका छन् ।

Published : Saturday, 2025 October 25, 3:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया