लोकतन्त्रविरुद्ध लाग्नेहरूलाई जनताले गाउँबस्तीबाट लखेट्ने छन् : मुख्यमन्त्री बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेहरूलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताएका छन् ।
बुधबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले भक्तपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले ठूलो बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने कुनै पनि षड्यन्त्र अस्वीकार्य हुने बताएका हुन् । उनले लोकतन्त्रले जनतालाई सार्वभौम बनाएको बताए । उनले व्यवस्था परिवर्तन नभई व्यवस्थाभित्र रहेर लुट मच्चाइरहेकाहरूलाई कानुनी दायरामा ल्याउन सबैले भूमिका खेल्नु पर्ने बताएका छन् ।
`जेनजी आन्दोलनको मूल मर्म पनि वडादेखि केन्द्रसम्म जिम्मेवारीमा पुगेकाहरूमध्ये जो–जसले भ्रष्टाचार गरे, जनताको कर लुट्ने काम गरे तिनका विरुद्धको आवाज थियो,´ बानियाँले भने । आन्दोलनमा सहादत प्राप्त गर्नेहरूलाई सम्मानका निम्ति पनि अब राजनीतिक नेतृत्व सुध्रनु पर्ने उनले बताए ।
जनप्रतिनिधि ठीक ढंगले चल्न सके कोही पनि डराउनु नपर्ने बताएका मुख्यमन्त्री बानियाँले पूर्वाग्रह राखेर भने सबैलाई एउटै डालोमा हाल्न नहुने बताएका छन् ।
मुलुकले भोगेका सबैखाले संकटमा बेला लोकतन्त्रवादीहरू एकै ठाउँमा उभिएको भन्दै उनले मुलुकलाई सुशासनको बाटोमा लैजान पनि सबै लोकतान्त्रिक शक्तिहरू एकजुन हुनुपर्ने बताएका छन् ।
कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्रलाई बलियो बनाउन फरक विचार भएका दलहरू एकै ठाउँ आउनुपरेको बताएका छन् । उनलेे कांग्रेसलाई कमजोर बनाउन विभिन्न तत्व र शक्तिहरू लागेको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया