ओलीकै शैलीमा जेनजी प्रधानमन्त्री कार्की गुरुकाे रुपमा प्रस्तुत, शक्तिशाली फरक कुर्सी

काठमाडौं। जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तत्कालीन प्रधानमन्त्री केपी ओलीकै शैली र दृष्यमा देखिएकी छिन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सर्वदलीय बैठकमा कार्की ओलीकै शैलीमा प्रकट भएकी हुन् । आलीशान कुर्सीमा कार्की राजा/महाराजााकाे शैलीमा बसेकाे तस्बिरमा देखिएकाे छ । ओली पनि यसअघि कार्कीकै जस्तो शैलीमा प्रकट हुँदै आएका थिए । ओली बालुवाटारमा जसरी प्रस्तुत हुँदै आएका थिए साेही शैलीमा कार्कीको पनि प्रस्तुति भएपछि खैलाबैला भएको छ । ओलीलाई फालेर ओलीकै जस्ताे व्यक्तिलाई जेनजीले प्रधानमन्त्री बनाएका हुन् ? प्रश्न उठेकाे छ ।

प्रधानमन्त्री कार्कीलाई तत्कालीन प्रधानमन्त्री ओली सरकारकाे पनि गुरुका रुपमा हेर्न थालिएको चर्चा हुन लागेकाे छ । प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालमा निकै घमण्ड र अहँकार देखिन थालेकाे टिकाटिप्पणी भइरहेका छन् ।

प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, एमाले, माओवादीसहितका १० दलकाे सहभिता रहेकाे थियाे । कार्कीले सअघि सात राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भनेकी थिइन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपाका प्रतिनिधिहरू सहभागी भएका छन् । राप्रपा, जसपा नेपाल र जनमत पार्टीका नेता पनि सहभागी भएका छन् ।

यसका अलावा लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी भएका छन् । जनमतका नेता चन्दन सिंह समेत सहभागी भएको बुझिएको छ ।

कांग्रेसबाट महामन्त्री गगन थापा र डा.प्रकाशशरण महत, एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट नेता वर्षमान पुन र पम्फा भुसाल सहभागी भएका छन् ।

रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी भएको बुझिएको छ ।

Published : Tuesday, 2025 October 21, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया