प्रधानमन्त्री कार्कीले महामन्त्री गगनलाई हैसियत देखाइदिइन्, पुछारमा बस्ने व्यवस्था, देउवाकाे अभाव देखियाे

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसलाई सर्वदलीय बैठकमा सबैभन्दा पुच्छरमा बस्ने सिटकाे व्यवस्था गरेर हैसियत देखाइदिएकी छिन् ।

मंगलबार बालुवाटारस्थित निवासमा प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक राखेकी हुन् । भङ्ग भएको संसदमा कांग्रेस सबैभन्दा ठूलाे दल रहेकाे छ । साेही मर्यादाक्रम अनुसार बस्ने व्यवस्था गर्नुपर्ने थियाे । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई मूल राजनीतिक मुद्दामा प्रवेश गर्न नदिएर व्यक्तिगत स्वार्थका लागि विशेष महाधिवेशनका नाममा हस्ताक्षर अभियान चलाएर भाँडभैलाे गरेपछि विभाजित मनस्थितिकाे कांग्रेस नेताहरूलाई पुच्छरमा बसालेर हैसियत देखाइएकी हुन् ।

प्रधानमन्त्री कार्कीले बाेलाएकाे सर्वदलीय बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी रहेका छन् । कार्कीकाे दायाँतर्फ ठूलाृ दलकाे हैसियतमा कांग्रेसका नेताहरूलाई बस्ने व्यवस्था हुनु पर्ने थियाे ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकाे जिम्मेवारी दिएका छन् । देउवाले कार्यवाहक दिनेवित्तिकै प्रधानमन्त्री कार्कीले महामन्त्री गगन थापालाई हैसियत सम्झाइदिएकी छिन् । कांग्रेस विभाजित मनस्थिति हुँदाकाे परिणाम बालुवाटारमा देखिएकाे दृष्यले स्पष्ट देखाएको छ ।

महामन्त्री गगन र विश्वप्रकाशले कांग्रेसलाई तहसनहसकाे अवस्थामा लैजादै गरेकाे आराेप लागेकाे छ । उनीहरूले कांग्रेसलाई विभाजित नगरेर राष्ट्रिय राजनीतिमा बाेल्ड निर्णय गरेकाे भए बालुवाटारमा प्रधानमन्त्री कार्कीका सामू अपमानित हुनु पर्ने थिएन । सभापति देउवाविरुद्व महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरेकाे अमानवीय, अराजनीनिक हर्कतले बालुवाटारमा कांग्रेसले अपमान सहनु परेकाे छ ।

Published : Tuesday, 2025 October 21, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया