भालुबाङ प्रहरीद्वारा राप्ती-२ स्थित शाहकाे घरमा छापा, १४ जना जुवाडेहरू गिरफ्तार
मसुरिया । इलाका प्रहरी कार्यालय, भालुबाङ, दाङले १४ जना जुवा खेल्ने मानिसहरूलाई करीव साढे एक लाखसहित पक्राउ गरेकाे छ ।
साेमबार राति पौने बाह्र बजेतिर दाङकाे देउखुरी उपत्यकाकाे राप्ती गाउपालिका वडा नं. २ लालमटियास्थित कालिकाचोक बस्ने सचिन शाहको घर कोठामा छापा मारेर प्रहरीले १४ जनालाई पक्राउ गरेकाे मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, भालुवाङबाट खटिएकाे प्रहरी टाेलीले छापामारेकाे हाे ।
जुवाकाे खालबाट प्रहरीले नेपाली रुपियाँ एक लाख उन्पचास हजार सात सय पन्चानब्बे रुपियाँ र जुवा खेल्न प्रयोग गरिएको तास ३ गड्डी सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ ।
प्रहरीले नियन्त्रणमा लएका व्यक्तिहरूूमा राप्ती-२ लालमटिया बस्ने बर्ष ३४ का नरेश बुढा, बर्ष २६ का बसन्त कँडेल, बर्ष ४१ का चेतप्रसाद बुढा, बर्ष ३४ को अमृत ज्ञवाली, बर्ष ४३ का समुन्द्रबहादुर थापा, बर्ष ३२ को जागृत भुसाल, बर्ष २१ का केशब पुन मगर रहेकाे विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले बर्ष ३० का सञ्जु कुमाल, बर्ष ४१ का भोजराज रेग्मी, बर्ष ३७ का दीपक पुन मगर, बर्ष ३१ का केशव बि.क., बर्ष ४७ का भानु राना, बर्ष २६ का विनोद पुन र रोल्पाकाे सुनिल स्मृति गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४९ को पुरन कामीलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, दाङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया