तान्त्रिक बाबालाई राखेर लक्ष्मीपूजा गरेकै दिन पाेखरा १५ अर्ब भ्रष्टाचारमा कारबाही सिफारिस भएका नाइके प्रदीपलाई कुटपिट

काठमाडौं । पाेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा झण्डै १५ अर्ब भ्रष्टाचारमा मुछिएपछि कारबाही सिफारिस भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई जेनजी बताउने समूहले कुटपिट गरेकाे छ ।

साेमबार ललितपुरको सातदोबाटोमा आएका अपरिचित समूहले प्रदीपलाई भ्रष्टाचारी भन्दै दुर्ववहार र कुटपिट गरेको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र महानिर्देशक अधिकारीलाई कुटपिट तथा दुर्ववहार गर्नेहरूको खाेजी भइरहेको जनाएको छ ।

यसअघि, आजै महानिर्देशक अधिकारीले प्राधिकरणकाे केन्द्रीय कार्यालय, सिनामंगलमा लक्ष्मीपूजा धुमधामका साथ गरेका थिए । सार्वजनिक विदाकाे दिन कार्यालय खाेलेर आफ्नो कार्यकक्षमा महानिर्देशक अधिकारीले उच्च तहका आफू निकटका कर्मचारीहरूलाई बाेलाएर पूजा गरेका थिए । पूजामा महानिर्देशक अधिकारीले भारतबाट आयात गरिएका तान्त्रिक बाबालाई पनि राखेको स्राेतले जनाएको छ । तान्त्रिक बाबाकाे सल्लाह अनुसार पूजापाठ गरेर घरतिर लागेका महानिर्देशक अधिकारीलाई भ्रष्टाचारीीीभन्दै अपरिचित समूहले कुटपिट गरेकाे छ ।

संसद्को सार्वजनिक लेखा समितिले महानिर्देशक अधिकारीलाई पाेखरा विमानस्थलकाे १५ अर्ब भ्रष्टाचारको मुख्य नाइकेका रुपमा कारबाही सिफारिस गरेकाे छ । कारबाही सिफारिस हुँदा समेत महानिर्देशक अधिकारीलाई कसैले पनि चलाउन सकेकाे छैन ।

लेखा समितिले महानिर्देशक अधिकारीसँगै पोखरा विमानस्थलको १५ अर्ब भ्रष्टाचार काण्डमा प्राधिकरणका निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेललाई निलम्बनसहित कारबाही सिफारिस गरिसकेको छ ।

Published : Monday, 2025 October 20, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया