प्रधानमन्त्री कार्कीद्वारा माओवादीका दोस्रो तहका दुई नेताहरूसँग वार्ता
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारीलाई लिएर नेकपा (माओवादी केन्द्र)सँग छलफल गरेकी छिन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्कीले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनसँग छलफल गरेकी हुन् । कार्कीले सरकार तोकिएको समयमा निर्वाचन गराउन दृढ रहेको माओवादीलाई जानकारी गराएकी छिन् ।
माओवादीका नेताहरूका अनुसार प्रधानमन्त्री कार्कीले सरकारले समयमै निर्वाचन गर्न चाहेको र वातवारण बनाउन प्रतिबद्ध रहेको बताएकी छिन् ।
राजनीतिक दलहरूले दृढतापूर्वक निर्वाचनको वातावण बनाउन प्रधानमन्त्री कार्कीले आग्रह गरेकी छिन् । निर्वाचन सम्बन्धी प्रक्रियामा सहभागी हुन उनले आग्रह गरेकी छिन् ।
सरकारले चुनाव गराउँदैन कि भनेर शंका नगर्न प्रधानमन्त्री कार्कीले माओवादीका नेतारूसँग आग्रह गरेकी छिन् । उनले सरकारको मुख्य काम नै निर्वाचन गराउने भएको प्रतिबद्धता जनाएकी छिन् ।
माओवादी नेताद्वय श्रेष्ठ र पुनले आफ्नो पार्टीले अरु दलभन्दा पहिले चुनावमा जाने निर्णय गरिसकेकाले तयारीमा लागिसकेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराएका छन् ।
माओवादीका नेताहरूले समाजमा शान्ति सुरक्षाको आशंका रहेको भन्दै डरको वातावारणमा निर्वाचनमा जान कठिन हुने प्रधानमन्त्री कार्कीलाई बताएका छन् । शान्ति सुरक्षा राम्रो बनाउन माओवादी नेताहरूले सरकारसँग आग्रह गरेका छन् ।
भेटवार्तामा सरकार विवादास्पद काम गर्ने पक्षमा नरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अरु दलसँग निर्वाचनको वातावरण बनाउन कुराकानी गर्ने बताएकी छिन् ।
कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते मध्यावधि निर्वाचनको घोषणा गरेको छ । निर्वाचनमा जाने तयारी भए पनि प्रमुख राजनीतिक दलका नेताहरूमाथि प्रतिशोधपूर्ण गतिविधिहरू सरकारले गरिरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया