तत्कालीन समयमा वाइडबडी विमान खरिदमा मुछिएका कालाखेतीबिरुद्ध अख्तियारद्वारा अनुसन्धान
काठमाडौं । नेपाल वायु सेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीको विभिन्न संस्थामा गैरकानूनी संलग्नता देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेर अनुसन्धान शुरु गरेको छ ।
विगतमा विभिन्न काण्डहरू लागेका नायव महाप्रबन्धक कालाखेती स्वार्थ बाझिने वायुसेवा कम्पनीमा संलग्न रहेको भन्दै अख्तियारले छानबिन शुरू गरेको जनाएको छ । कालाखेतीका बारेमा जानकारी माग गर्दै अख्तियारले भदौ १ गते निगमलाई पत्राचार गरेको छ ।
कालाखेती बीबी एयरवेजमा समेत आवद्ध रहेको स्रोतले जनाएको छ । वायु सेवा निगममा आवद्ध कर्मचारीले अन्य कम्पनीमा आवद्ध हुन नमिल्ने कानूनी व्यवस्था छ ।
कालाखेतीले नेपाल वायुसेवा निगमविरुद्ध विभिन्न खालका गतिविधिहरू गर्दै आएका छन् । निगमलाई डुबाउनका लागि हुँदै नभएका समाचार मिडियामा लेखाउनेदेखि निगमलाई बदनाम गराउने गतिविधि गरेको कर्मचारीहरूले आरोप लगाएका छन् । एमाले निकट मानिने कालाखेती एमालेको बुद्धिजीवी संगठनमा समेत रहेका थिए । कालाखेती एमालेका अध्यक्ष केपी ओलीसँग निकट मानिन्छन् ।
सरकारी स्वामित्वको संस्थानको जिम्मेवारीमा रहेका व्यक्ति समान प्रकृतिको संस्थामा काम गर्दा स्वार्थ बाझिने हुँदा त्यस्तो संस्थामा संलग्न हुन मिल्दैन ।
बीबी एयरवेजका अतिरिक्त कालाखेती पुतली सडकमा रहेको चार्टर एकेडमिक ईन्टरनेशलन, पोखरामा रहेको लक्ष्मी ग्यास उद्योग र काठमाडौं सुन्धारामा रहेको ५२ नम्बरको शेयर ब्रोकरसँग आवद्ध रहेको स्रोतले जनाएको छ ।
अख्तियारले कालाखेतीको नामै किटान गरेर अन्य संस्थामा शेयर लिन निगमबाट स्वीकृति प्रदान भए÷नभएकोबारे जवाफ माग गरेको छ ।
निगमको माथिल्लो तहमा कार्यरत कालाखेती माडवाडी समुदायका केही स्वार्थी व्यापारीको इसारामा काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । विदेशबाट आउने माडवाडीका सामान छुटाउन उनले कर्मचारीलाई दबाब दिने गरेको निगमका कर्मचारीहरूले बताएका छन् ।
तत्कालीन समयमा निगमको वाइडवडी विमान खरिद प्रक्रियामा बदमासी गरेको भन्दै कालाखेतीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । ‘विमान खरिद उपसमिति र प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक प्रपोजल डकुमेन्ट तयार गर्दा विमानको प्राविधिक स्पेसिफिकेसनका आधार र मापदण्ड नखुलाई खरिद गरिने विमानको प्राविधिक स्पेसिफिकेनकासहित गलत लिखित तयार गरी पेश गरेको’ भ्रष्टाचार मुद्दामा कालाखेतीविरुद्ध अख्तियारले दायर गरेको आरोपपत्रमा भनिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया