राप्रपाका दुई महामन्त्रीद्वारा बैठक बहिस्कार, फुटको संघारमा पुग्यो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई दुई जना महामन्त्रीले बहिस्कार गरेका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय, धुम्बाराही, काठमाडौंमा बसेको बैठकलाई महामन्त्रीद्वय धवलशम्शेर जबरा र कुन्ती शाहीले बहिस्कार गरेपछि खैलाबैला भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको निरंकुश कार्यशैलीको विरोध गर्दै उनीहरूले बैठक बहिस्कार गरेको एक नेताले बताएका छन् । जबरा र शाही बैठकमा सहभागी हुनै आएनन् ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको साङ्गठनिक र विविध विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ । दुई महामन्त्रीले बैठक बहिस्कार गरेपछि राप्रपाभित्रको भाँडभैलो बाहिर आएको छ ।
महामन्त्रीद्वय जबरा र शाहीले पार्टी अध्यक्ष लिङदेनलाई ४ बुँदे मागसहित पत्र पठाएर बैठक बहिष्कार गर्ने जानकारी गराएका छन् । राप्रपा फुटको संघारमा छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया