कांग्रेस कार्यालयमा बरामद लठ्ठी गुण्डा नाइके दावा, सगुन, झिंगेद्वारा रेकी गरेर अघिल्लो दिन राखेको खुलासा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा प्रहरीले ठूलो संख्यामा लठ्ठी र भाटाहरू बरामद भएपछि कसले राखेको हो भनेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
कांग्रेस कार्यालयमा मंगलबार भेटिएको लठ्ठीहरू लुकाएर राख्ने गुण्डाहरूलाई प्रहरीले खोजतलास शुरु गरेको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार पार्टी कार्यालयमा लठ्ठी लुकाएर राख्ने समूहको खोजी भइरहेको जनाएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको थियो । बैठक दिउँसो १ बजे बस्ने तयारी थियो । पार्टी सभापति शेरबहादुर देउवा सामान्य तरिकाले कार्यसमिति बैठकमा सहभागी हुन आउन लागेको जानकारी दुई दिन अगाडि नै दिएका थिए ।
महामन्त्री गगनकुमार थापा निकट मानिने गुण्डा नाइकेहरू सलबलाइ रहेका थिए । गगनसँग दुई दिन अगाडि मध्यरातिसम्म बसेर पार्टी कार्यालयमा शक्ति प्रदर्शन गरेर आतंक मच्चाउने रणनीति गुण्डाहरूको एक नेताले बताएका छन् ।

सभापति देउवाविरुद्ध नारावाजी गर्ने, आवश्यक पर्दा नेताहरूमाथि भौतिक आक्रमण गर्ने उद्देश्यले गुण्डा नाइकेहरूले ठूलो तयारी गरेका स्रोतले जनाएको छ ।
सोमबार नै पार्टी कार्यालयमा गुण्डा नाइकेहरू दावा लामा निकटका केटाहरू, सगुन श्रेष्ठ, सञ्जय लामा ‘झिंगे’, मनीष कोइराला लगायतको ग्याङले रेकी गरेको थियो । रेकी गर्ने यो समूह प्रहरीको उच्च निगरानीमा रहेको छ । उनीहरू कुनैन कुनै अपराध वा घटनामा संलग्न छन् । मनीष कोइराला माइती नेपाल एजीओकी सञ्चालिका अनुराधा कोइरालाका छोरा हुन् ।
पार्टी कार्यालयमा यो समूहले ठूलो संख्यामा लठ्ठी र भाटाहरू लुकाएर राखेको जानकारी प्रहरीले सोमबार राति नै पाएको थियो । त्यसपछि प्रहरीले लठ्ठी, भाटा, ढुङ्गा वा घरेलु हातहतियार छ की भनेर कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार बिहानै सर्च अभियान चलाएको थियो । प्रहरीले अन्य हातहतियार त फेला पारेन । तर, ठूलो संख्यामा लाठ्ठी बरामद गरेको थियो ।

सोमबार नै प्रहरीले महामन्त्री थापालाई फोन गरेर पार्टी कार्यालयमा समर्थकहरू परिचालन गरेर हुलदङ्गा नगर्न चेतावनी दिएका थियो । हुलदङ्गा भयो भने प्रहरीले बल प्रयोग गर्ने जानकारी थापालाई दिएको थियो ।
गुण्डा नाइके दावा लामाले काभ्रेबाट दुई सय केटाहरू र मोटरसाइकल तीनकुनेमा ल्याउने तयारी गरेका थिए । केटाहरू तीनकुनेमा आउने क्रम समेत शुरु भइसकेको थियो । उता, झिंगे, सगुन र मनीषले बौद्धमा केटाहरू जम्मा गरेर सानेपातिर आउन तरखर गरिरहेका थिए ।
उनीहरूको योजना र रणनीतिबारे रिपब्लिका दैनिकमा प्रकाशित भएपछि ललितपुर र काठमाडौं प्रहरी सक्रिय भएको थियो । प्रहरीको उच्च निगरानीमा रहेका गुण्डाहरूलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गरेर खोरमा हाल्ने प्रहरीको तयारी थियो । त्यो कुरा थाहा पाएपछि गुण्डा नाइकेहरू दुलाभित्र पसेका थिए ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा एउटा पनि गुण्डाहरू देखिएनन् । प्रहरीले गुण्डाहरूलाई भेटेको भए कारबाही गर्ने तयारी गरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया