ज्यानको प्रवाह नगरेर देश र संविधान बचाएका राष्ट्रपति पौडेललाई सभापति देउवाले सम्झिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण गरेका छन् ।
मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्ने क्रममा सभापति देउवाले राष्ट्रपति पौडेललाई सम्झिएका हुन् । राष्ट्रपति पौडेलले भदौ २४ गतेको कठिन अवस्थामा महत्वपूर्ण भूमिका खेलेको भन्दै देउवाले धन्यवाद दिएका छन् ।
देउवाले भने, ‘भदौ २४ गतेको कठिन अवस्थामा महत्वपूर्ण भूमिका खेल्नु भएकोमा म राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेलज्यूलाई यस बैठकमार्फत हार्दिक धन्यवाद दिन चाहन्छु । त्यो प्रतिकुल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकिएको छ ।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कयौँ वक्तव्य जारी गरे, कयौँ पटक फेसबुकमा लाईभमार्फत सम्बोधन गरे । तर, उनीहरूले राष्ट्रपति पौडेललाई धन्यवादको एकशब्द पनि दिएका छैनन् । कांग्रेसको नामबाट थापा र शर्माले जारी गरेका संयुक्त वक्तव्यहरूमा पनि राष्ट्रपति पौडेललाई स्मरण गरिएको छैन ।
भदौ २४ गतेको राति राष्ट्रपति पौडेललाई विभिन्न खालका दवावहरू थिए । पौडेलले ती दवाव र ज्यानको समेत प्रवाह नगरेर संविधानको रक्षा गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया