गुण्डा नाइके दावा, सगुन, झिंगे समूहले ठूलाे तयारी गरेका बेला कांग्रेस कार्यालयबाट ठूलाे संख्यामा लठ्ठी बरामद

काठमाडौं । केन्द्रीय कार्यसमितिको बैठक शुरू हुन केही समय बाँकी रहेका बेला नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपाबाट प्रहरीले ठूलाे संख्यामा लठ्ठी बरामद गरेको छ ।

मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा सुरक्षाका लागि खटिएको प्रहरीले ठूलाे संख्यामा लठ्ठी बरामद गरेकाे हाे । प्रहरीका अनुसार कांग्रेसकाे केन्द्रीय कार्यालयबाट बरामद भएको लठ्ठी कसले कुन उद्देश्यले राखेको हाे अनुसन्धान शुरू भएको छ ।

प्रहरीको उच्च निगरानीमा रहेका गुण्डा नाइके दावा लामा, सगुन श्रेष्ठ, सञ्जय लामा `झिंगे´ लगायतको समूहले मंगलबार कांग्रेस केन्द्रीय कार्यालय घेराउ गर्ने भनेर तयारी गरेका बेला ठूलाे संख्यामा लठ्ठी भेटिएको छ । दावा, सगुन, झिगेकाे समूह महामन्त्री गगनकुमार थापा निकट मानिन्छन् । उनीहरूले नियमित रुपमा थापासंग भेट गरेर कांग्रेस केन्द्रीय कार्यालय घेराउकाे रणनीति बनाएका थिए ।

गुण्डा नाइके दावा, सगुन, झिंगेकाे तयारी थाहा पाएपछि प्रहरीले उनीहरूलाई निगरानीमा राखेर कांग्रेस केन्द्रीय कार्यालयमा सुरक्षा दिएकाे छ ।

Published : Tuesday, 2025 October 14, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया