गगन–विश्वले झुक्याएर हस्ताक्षर गराएपछि धमाधम फिर्ता लिने लागे हस्ताक्षर, पुलिस र गुण्डाहरू परिचालन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले झुक्काएर विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गराएपछि धमाधम विज्ञप्ति जारी गरेर हस्ताक्षर फिर्ता लिने क्रम बढेको छ ।
आइतबार नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का चार जनाले विशेष महाधिवेशनका पक्षमा गगन–विश्वले झुक्काएर गराएको हस्ताक्षर फिर्ता लिएका छन् । महाधिवेशन प्रतिनिधिहरूले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनको पक्षमा आफूहरू नरहेको बताएका छन् ।
महामधिवेशन प्रतिनिधिहरू यज्ञबहादुर महरा, ईश्वरी रावल, विदेशनी चौधरी र रमेश ताम्राकारले झुक्काएर हस्ताक्षर गराएको भन्दै आफूहरूको गम्भीर आपत्ति र असहमित रहेको जनाएका छन् ।
‘हाम्रो पार्टी नेपाली कांग्रेसका केन्द्रीय महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माज्यूबाट विशेष अविभेशन आह्वानका लागि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिज्यूहरूबाट हस्ताक्षर संकलन अभियान चलाइएकोमा हामी तपशिलका महाधिवेशन प्रतिनिधिहरूलाई विशेष अधिवेशन नभई नियमित अधिवेशन हो भनी झुक्याएर हस्ताक्षर गराएकोमा हाम्रो आपत्ति र असहमति प्रकट गर्दै विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पार्न चाहन्छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
महामन्त्रीद्वय थापा र शर्माले विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधिहरूलाई झुक्याएर र धम्काएर जबरजस्ती हस्ताक्षर गर्न लगाउने गरेका गुनासाहरू आइरहेका बेला कैलालीबाट ४ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।
केही जिल्लामा प्रहरी र गुण्डाहरू समेत परिचालन गरी धम्की दिएर विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गराएको आरोप महामन्त्रीद्वय थापा र शर्मालाई लागेको छ । काभ्रे जिल्लामा पनि स्थानीय गुण्डाहरू परिचालन गरेर विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गराएको गुनासो आएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया