जेनजी प्रदर्शनमा फ्रि तिब्बतको ‘टीओबी’ टिसर्ट लगाउने दावा बिजुली बजारमा पेस्तोलसँग देखिए

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा काठमाडौंको बिजुली बजार पुलमा पेस्तोल देखाएर आतंक मच्चाएको भिडियो भाइरल बनाउने व्यक्ति तेन्जेन दावा भएको खुलेको छ ।

भदौ २३ र २४ गतेको प्रदर्शनमा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर बाइकसहितका युवाहरूलाई नयाँ बानेश्वरमा उकास्ने ती दावाले पेस्तोल पछाडि हालेको भिडियोमा देखिएको छ । दावाले पेस्तोल बोकेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

फ्रि तिब्बतको माग गरेर ‘टीओबी’ लेखिएको टिसर्ट लगाएका दावाले ‘मेरो देश मलाई चाहिन्छ’ भनेर नारा समेत लगाएका छन् । उनको गतिविधि फ्रि तिब्बतसँग संलग्न रहेको आरोप लागेको छ ।

यसैबीच, प्रहरीले जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ टिसर्ट लगाएर पेस्तोल बोकेर हिँड्नेहरूको खोजी गरिरहेको जनाएको छ । जेनजी आन्दोलनमा पेस्तोल बोक्ने दावाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

आन्दोलनमा ‘टीओबी’को टिसर्ट र ज्याकेट लगाएका मानिसहरूको भूमिका रहस्यमय रहेको भन्दै चर्चा हुन थालेको छ । त्यस्ता टिसर्ट लगाउनेबारे खोजी हुन थालेको छ ।

Published : Sunday, 2025 October 12, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया