आईजीपी खापुङ्गविरुद्ध को लागेको छ ? ग्राइण्ड डिजाइन अर्कै
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गले आफूविरुद्ध केही सञ्चारमाध्यममा राजीनामा दिने भनेर आएका समाचारहरूको खण्डन गरेका छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न बाध्य पारिए आईजीपी खापुङले राजीनामा दिने भनेर आएका समाचारहरूको खण्डन गर्दै भ्रमको पछाडि नलाग्न आग्रह गरेको छ ।
‘केही दिन यता विभिन्न पत्र–पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले “पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु” भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दा शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ,’ प्रहरी प्रधान कार्यालय, नक्सालले भनेको छ ।
विवादास्पद एकजना एआईजीले आईजीपी खापुङ्गविरुद्ध गतिविधि गरिरहेका छन् । कार्यसम्पादनमा झुर भएपछि डीआईजीबाट एआईजी बढुवामा पछाडि परेका ती एआईजीले खापुङ्गलाई विवादमा पारेर बीचमै हटाएर चलखेल गरेर आईजीपी बन्ने चक्करमा हुँदै नभएका समाचारहरू लेखाएर बबाल गर्दै आएका छन् ।
आफ्ना प्रतिस्पर्धीहरूका बिरुद्ध पनि नभएका र भ्रामक समाचारहरू केही सञ्चारमाध्यममा ती विवादित एआईजीले लेखाइरहेका छन् । डीआईजी रहेकै बेला विगतमा पनि ती एआईजीले तत्कालीन आईजीपी बसन्तबहादुर कुँवरलाई हटाएर आफू निकटका एआईजीलाई आईजीपी बनाउने र त्यसपछि आफू बन्ने चक्करमा तत्कालीन गृहमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई प्रभावमा पारेका थिए । तत्कालीन समयमा सरकार ढलेपछि ती एआईजीको बेहाल भएको थियो ।
नेपाल प्रहरीमा नयाँ आईजीपी बन्ने समय नजिक आएका बेला पछाडि रहेका ती एआईजीले भ्रमको खेती गर्न विभिन्न खालका पेड समाचारहरू लेखाइरहेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’लाई प्रभावमा पारेर आईजीपी बन्छु भनेर ती विवादित एआईजी लागेका छन् ।
आईजीपी बन्न हिँडेका ती एआईजीलाई एकजना पूर्वएआईजी (घूस्याहा)ले बोकेर हिँडेका छन् । रक्सी व्यापारीसँग राम्रो सम्बन्धमा रहेका ती पूर्वएआईजीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी हाल्ने तयारी केही व्यक्तिहरूले गरेका छन् ।
ती पूर्वएआईजीले केही गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ लिएको दोस्रो दिन निवासमै पुगेर बधाइ दिएका थिए । ती पूर्वएआईजीले सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न अहिले पनि लबिङ गरिरहेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया