कांग्रेसद्वारा भारी वर्षाको प्रतिकुलतासँग जुध्न सरकार, दलहरू र नागरिकसंग अपील, जाेखिमपूर्ण सडक बन्द गरौं
काठमाडौं । नेपाली कांग्रेसले प्रक्षेपित भारी वर्षाको प्रतिकुलतासँग जुध्न सरकार, दलहरू र नागरिकलाई सजगताको अपील गरेको छ ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अपील जारी गरेर वर्षातकाे समयमा हुने जाेखिमप्रति सतर्क रहन आग्रह गरेका हुन् । पोहोर असोज १२ गते भएको जनधनको ठूलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहे कांग्रेसले जनाएको छ । गत भदौ २३ र २४ को घटनाले देश थप मर्माहत रहेको बेला फेरि बाढीपहिरोको ठूलै जोखिमको संकेत मौसम बिज्ञान विभाग र बिज्ञहरूले गरेकाे अपीलमा भनिएको छ ।
`असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा गराउने प्रणालीको चुनौती सामना गर्न सम्पूर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, संबद्ध निकाय, दलहरू, स्वयंसेवीहरू एवं सम्पूर्ण नागरिकमा नेपाली कांग्रेस हार्दिक अपील गर्दछ,´ कांग्रेसले भनेको छ ।
कांग्रेसले पूर्व तयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता पनि जारी गरेको छ । दशैंको टीका लगाउन या लगाइसकेर गन्तब्यमा फर्किन लाखौं नागरिक यतिबेला सडक यात्रामा छन् । अत मौसमको तीब्र प्रतिकुलता नजिकिएको सूचना प्रभावि रुपले सम्प्रेषण गरौं,´ कांग्रेसले भनेको छ, `सरकार र संबद्ध निकायले यस्तो बेला जारी गर्ने र गरेका सूचना अनिवार्य पालना गरेर सबै नागरिक सुरक्षीत रहौं, अरुलाई सुरक्षीत बनाउन सुसूचित गरौं l´
बाढीपहिरोको घोषित एवं संभावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थलतर्फ केहीदिनलाई सार्नुपर्ने आवश्यकता ठहर भएका ठाउँमा अविलम्ब स्थानीय तह र स्थानीय प्रशासन मार्फत आवश्यक बन्दोबस्तको पहलकदमि गरौं,´ कांग्रेसले भनेको छ, पहाडी भूगोल र हाम्रा सडक मार्ग उसैपनि जोखिमपूर्ण छन्, अत भारी वर्षाले प्रभावित हुने अनुमान गरिएका सडक मार्ग निस्चित अवधिका लागि अनिवार्य बन्द गरौं l´
सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरू र स्थानीय स्वयंसेवी मार्फत सहजीकरण गरौं / गराऔं,´ कांग्रेसले भनेको छ, विपदसँग जुध्न साधन, स्रोत र टिम तयारी अवस्थामा राखेर प्रतिकार्यमा प्रभावि ढंगको भूमिका तीनै तहका सरकारको समन्वयमा सम्पादन गरौं l´
तत्कालीन प्रतिकुल स्थिति दृस्टिगत गरेर जोखिमका संभावित क्षेत्रहरूमा अन्य सबै कार्य केहीदिनलाई थाती राखेर एक्यवद्ध भएर चुनौती सामना गरौं,´ कांग्रेसले भनेको छ, सरकारले युद्धस्तरमा सजगता र तयारी राखोस्, संभावित विपद सामना गर्न जिम्मेवार ढंगले सबै जुटौं l सरकार, दलहरू र सम्पूर्ण नेपालीमा नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ l साथै नेपाली कांग्रेसको सबै तहका साथीहरूलाई आफू कार्यरत ठाउँमा प्राकृतिक विपदसँग जुध्न स्वयंसेवी भावना साथ कार्य गर्न अपील गर्दछ l´
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया