आफ्नै हत्यासँग नडराएका देउवाले बोलाए कार्यसमिति बैठक, विदेश भाग्न लाग्यो भन्ने आरोपहरू निराधार
काठमाडौं । नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले मुलुक छाडेर विदेश भाग्न लागेको भनेर जनतामा भ्रमछर्ने र बदनाम गर्ने कार्यहरू भइरहेका बेला केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएको छ ।
सभापति देउवाले जेनजी आन्दोलनपछिको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् । देउवा दम्पत्ति विरुद्ध निरन्तर भ्रामक समाचारहरू प्रकाशित भइरहेका छन् । आफूलाई कुटपिट र हत्यासम्मको तयारी भइरहेको पूर्वजानकारी पाउँदा समेत सभापति देउवा र केन्द्रीय सदस्य डा.आरजु राणाले आफ्नो घर छाडेनन् । हत्या गर्न सांघातिक आक्रमण हुँदा समेत घर नछाडेको देउवा दम्पत्तिले देश छाडेर भाग्न लाग्यो भनेर प्रचार प्रसार भइरहेका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा बसेका बेला घुसपैठ समूह घरभित्र प्रवेश गरेर सभापति देउवा र केन्द्रीय सदस्य डा.राणाको हत्या गर्न सांघातिक आक्रमण भएको थियो । सभापति देउवा र डा.राणा आक्रमणबाट गम्भीर घाइते भइ नेपाली सेनाको अस्पतालमा उपचाररत छन् । उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
सभापति देउवा र डा.राणालाई भदौ २४ गते आफन्त, सुरक्षाकर्मी र शुभेच्छुकहरूले घर छाडेर सुरक्षित स्थानमा जान पटक पटक आग्रह गरेका थिए । तर, देउवाले म आफ्नै घरमा सुरक्षित छैन भने अन्यत्र जाँदा पनि सुरक्षित रहन सक्दैन, सुरक्षाकर्मी छन्, उनीहरूले सुरक्षा दिन्छन्, लोकतन्त्रमा आक्रोशित हुने जनताको अधिकार हो, ढुङ्गा मुढा हुन्छ, हुन दिनु भनेर आफ्नै घरमा बसेका थिए ।
सभापति देउवा र डा.राणाले सैनिक अस्पतालमा उपचार गराइरहेका बेला केही समूह र तत्वले देउवा दम्पत्तिले देश छाडेर भाग्न लागेको तथा राहदानी बनाएको भनेर सर्वसाधारणमा भ्रम पार्ने गरी प्रचार प्रसार गरिरहेका छन् । भ्रम छर्ने कार्यहरू भइरहेका बेला सभापति देउवाले आफूले नै सभापतित्व गर्ने गरी कार्यसमितिको बैठक बोलाएका हुन् ।
कांग्रेसको कार्य समितिको बैठकमा जेनजी आन्दोलनको नाममा भएको प्रदर्शन, घुसपैठ र सभापति देउवा तथा केन्द्रीय सदस्य डा.राणामाथि निवासभित्रै प्रवेश गरेर हत्या प्रयास भएको, भावी रणनीति लगायतका विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाउन निर्देशन दिएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २०८२ असोज २६ गते आइतबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बैठक बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्य सचिव पौडेलद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया