सभापति देउवा उपचाररत रहेका बेला अट्याक भएपछि प्रवक्ता डा.महतद्वारा केन्द्रीय सदस्यहरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा केन्द्रीय सदस्यहरूसँग परामर्श गरेका छन् ।

शुक्रबार काठमाडौंमा डा.महतले केन्द्रीय सदस्यहरूसँग जेनजी आन्दोलनपछि पार्टीलाई अगाडि बढाउने विषयमा परामर्श गरेका हुन् । डा.महतले विशेष महाधिवेशनको नाममा अस्वस्थ्य कार्यहरू हुन खोजेको भन्दै चिन्ता जनाएका छन् ।

भदौ २४ गते सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाको ज्यान लिने उद्देश्यका साथ केही समूह निवासमै प्रवेश गरी घुसपैठ गरे हत्याको प्रयास गरेको भन्दै प्रवक्ता डा.महतले निन्दा गरेका छन् । सांघातिक आक्रमणबाट गम्भीर घाइते सभापति देउवा र नेतृ डा.राणाले स्वास्थ्य लाभ लिइरहेको उनले बताए ।

जेनजी आन्दोलनपछि संसद भङ्ग, संविधानभन्दा बाहिएर गएर सरकार गठन भएको अवस्था र निर्वाचन घोषणा गरिएको विषयमा प्रवक्ता डा.महतले काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन् ।

विषम परिस्थितिका बेला कांग्रेस मिलेर जानुपर्ने बेला कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धमिलो पानीमा माछा मार्न तथा नेतृत्व हत्याउन सकिन्छ की भनेर विशेष महाधिवेशनको माग गरेर हस्ताक्षर गर्ने भनेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले गम्भीर घाइते अवस्थामा उपचाररत सभापति देउवाप्रति मानवीय समवेदना समेत देखाएका छैनन् । थापा र शर्माद्वारा जारी भएका विज्ञप्तिहरूमा सभापति देउवा र नेतृ डा.राणाको स्वास्थ्य लाभको कामना गरिएका छैनन् । हिंसात्मक घटनाको थापा र शर्माले निन्दा पनि गरेका छैनन् ।

Published : Friday, 2025 September 26, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया