कांग्रेस उपसभापति खड्काको प्रश्न– बिध्वंसात्मक आन्दोलनको तयारी हुँदा राज्य संयन्त्रले किन थाहा पाउन सकेन ?
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले भदौ २३ र २४ गतेको बिध्वंसात्मक आन्दोलन हुँदा राज्य संयन्त्र किन समयमा जानकारी पाउन सकेन भनेर प्रश्न उठाएका छन् ।
बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर उपसभापति खड्काले बिध्वंसको यति ठूलो तयारी हुँदासम्म राज्य चलाउने र नेतृत्वमा बसेकाहरूले किन थाहा पाएनन् भनेर प्रश्न उठाएका हुन् । उनले भदौ २३ र २४ गतेको बिध्वंसात्मक आन्दोलनबाट नेपाललाई ईतिहाँसकै सबैभन्दा ठूलो क्षति भएको बताए ।
उनले भने, ‘यो बिध्वंसले, यो घटनाले हामी कहाँ कहाँ चुक्यौँ ? यो अवस्था हुँदासम्म हामीले कहाँ कहाँ के ढंग पु¥याएनौँ ? यो सबै कुराको निर्मम समीक्षा देशले खोजेको छ । राज्य सञ्चालन गर्दा यत्रो तयारी हुँदा हामीले किन समयमा जानकारी पाउन सकेनौँ ? यो बारेमा गम्भीर रुपमा समीक्षा गर्न जरुरी छ ।’
‘त्यसको आँकलन गर्न जरुरी छ । कहाँ कहाँ ती त्रुटिहरू भए ? त्रुटिको बारेमा कसैलाई आरोपित गर्नुभन्दा पनि निपक्ष तरिकाले म आफूलाई भन्दै गल्ती कमजोरीहरूलाई स्वीकार गर्दै जानुपर्छ । व्यक्ति, संस्था, पार्टी, नेता लगायत सबैले आत्म समीक्षा गर्न जरुरी छ,’ उपसभापति खड्काले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया