पत्नी मोहमा बालेनले सिंहदरबार जलाउने धम्की दिने, जलेर सखाप भएपछि पुनर्निर्माण गर्न जनताले पैसा उठाएर दिनु पर्ने ?

काठमाडौं । करीव दुई वर्ष अगाडि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले आफ्नी पत्नी सवारी गाडीको ट्राफिक प्रहरीले कागजपत्र मागेका आक्रोशमा सिंहदरबार जलाइदिन्छु भनेर धम्की दिएका थिए ।

त्यो धम्की दिएको केही समयपछि जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार जलेर नष्ट भएको छ । सिंहदरबारको अधिकांश भवनहरू जलेका छन् । भौतिक संरचना जलेर नष्ट भएका छन् । सिंहदरबारको सुरक्षाको जिम्मेवारी लिएको नेपाली सेनाले पनि सिंहदरबारको सुरक्षा दिन सकेन ।

सिंहदरबार जल्दै गर्दा कोठाभित्र बसेर रमिता हेरिरहेका मेयर बालेनले आगो निभाउन महानगरपालिकाको दमकलहरू पठाएनन् । रातभरि सिंहदरबार जलिरह्यो । सर्वोच्च अदालत जलिरह्यो । बालेनले दमकल नदिएपछि अर्को दिन भदौ २५ गते ललितपुर महानगरपालिकाबाट दमकल बोलाएर सर्वोच्च अदालत र सिंहदरबारको आगो निभाइएको थियो ।

बालेनले जेनजी आन्दोलनमा सहभागी हुन फेसबुकमा स्टाटस लेखेर जेनजी पुस्तालाई आह्वान गरेका थिए । बालेनको आह्वानपछि भदौ २३ गतेको आन्दोलन हिंसात्मक बन्न पुग्यो । सुरक्षाकर्मीको गोली लागेर धेरै हताहती भए । त्यसको आक्रोशमा भदौ २४ गते हिंसात्मक प्रदर्शनहरू भए ।

सिंहदरबार जल्दै गर्दा बालेन आफै सडकमा आएर आन्दोलनलाई कमाण्ड गरेको भए जेनजी पुस्ताको आन्दोलन हिंसात्मक हुने थिएन । राष्ट्रिय सम्पत्ति जल्ने थिएन । लुटपाट हुने थिएन । नेतृत्व विहीन जेनजी पुस्ताको आन्दोलन अनियन्त्रित बन्न पुग्यो । बालेनले जेनजी पुस्तालाई अनियन्त्रित बनाइदिए । नेतृत्व गर्न आएनन् ।

जेनजी पुस्ताको माग भ्रष्टाचार र सुशासनको पक्षमा थियो । राष्ट्रिय सम्पत्ति जलाउने माग थिएन । हिंसात्मक प्रदर्शन जेनजीको थिएन । बालेन जस्ता व्यक्तिहरूले कोठाभित्र बसेर आन्दोलनमा आउन आह्वान गर्ने, आफू बाहिर सडकमा आएर कमाण्ड नगरेकै कारण राष्ट्रले ठूलो क्षति व्यहोर्नु परेको छ । अहिले नभए पनि कुनै समयमा बालेनले सिंहदरबारमा लागेको आगोको जवाफ दिनुपर्नेछ । समय बलवान छ । अहिले बालेनको पक्षमा समय छ । भोलि अर्को पुस्ता नेतृत्व गरेर आउनेछ ।

बालेनले सिंहदरबार जलाउन दिएको धम्की सार्थक भएको छ । सुशीला कार्की सरकारमा सबैभन्दा शक्तिशाली गृह मन्त्रालय बालेनका सल्लाहकार ओमप्रकाश अर्यालले पाएका छन् । कोठाभित्र बसेर बालेनले सुशीला सरकारलाई चलाइरहेका छन् ।

बालेनको लहडमा जलेको सिंहदरबार लगायतका भौतिक संरचना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेर सहयोगको लागि आग्रह गरेका छ । बालेनकी सार्वजनिक विदाको दिन सरकारी गाडी चढेका बेला पत्नीको कागजपत्र माग गरेकै झोँकमा सिंहदरबार आगो लगाउन धम्की दिने र उनकै उक्साहटमा सडकमा उत्रिएका प्रदर्शनकारीले सिंहदबार जलाएर क्षति पु¥याउने, पुनर्निर्माका लागि सहयोगको अनुरोध गर्ने कार्यको आलोचना भइरहेको छ ।

अर्थ मन्त्रालयले भदौ २३ र २४ गतेको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण गर्न सहयोगका लागि अनुरोध गरेको छ । भौतिक संरचनाको पुनर्निर्माण समिति (गठन) आदेश २०८२ जारी भएसँगै यस्तो अनुरोध गरेको हो ।

Published : Wednesday, 2025 September 24, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया