बारबरा फाउण्डेसनसँग ७ वर्ष अगाडि नै जोडिएका थिए गगन, योगेश, दिलभुषण, सुशीलाहरू
काठमाडौं । अमेरिकन विवादित संस्था बारबरा फाउण्डेसनको भूमिकालाई लिएर नेपालमा विभिन्न खालका आशंका र आक्षेपहरू लागिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एमालेका सचिव योगेश भट्टराई, रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्ले, पत्रकार दिलभुषण पाठक लगायतका व्यक्तिहरूको संलग्नता पनि देखिएको छ ।
जेनजी पुस्ताको आन्दोलनमा बारबरा फाउण्डेसनको संकास्दप भूमिकालाई लिएर आलोचना भइरहेको छ । जेनजी पुस्ताको आन्दोलनपछि बनेको अन्तरिम मन्त्रिपरिषदकी प्रधानमन्त्री सुशीला कार्की पनि बारबरा फाण्डेसनको कार्यक्रमहरूमा पटक पटक सहभागी भएको भिडियो र तस्बिरहरूमा देखिएको छ । बारबरा फाउण्डेसनका सदस्य रहेका पत्रकार जगदीश खरेल सञ्चार, सूचना तथा प्रविधिमन्त्री नियुक्त भएका छन् । फाउण्डेसनसँग जोडिएका कुलमानि घिसिङ उर्जामन्त्री बनेका छन् । फाउण्डेसनसँग जोडिएका रामेश्वर खनाल अर्थमन्त्री बनेका छन् । कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेल पनि फाउडेसनका सदस्य हुन् ।
पत्रकार दिलभुषण पाठकले बारबरा फाउण्डेसनको टल्क कार्यक्रम पटक पटक सञ्चालन गरेका छन् । उनै पाठकले जेनजी आन्दोलन शुरु हुनुभन्दा दुई महिना अगाडि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु राणाका छोरा जयवीर देउवाको लगानी रहेको भनेर होटल हिल्टनविरुद्ध भिडियो सामाग्री बनाएर प्रशारण गरेका थिए । दिलभुषण पाठकको सोही भिडियोका कारण सभापति देउवाको परिवारले ठूलो क्षति व्यहोर्नु परेको छभने जेनजी आन्दोलनको बहानामा घरभित्र प्रवेश गरेर केही व्यक्तिहरूले सभापति देउवा र कांग्रेस नेतृ डा.राणाको हत्या प्रयास गर्ने क्रममा सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएको छ ।
दिलभुषण पाठकका कारण नक्सालमा रहेको होटल हिल्टनलाई जेनजी आन्दोलनकारीको नाममा जलाएर पूर्णरुपमा नष्ट गरिएको छ । हिल्टन होटलमा ५ अर्ब रुपियाँभन्दा धेरै क्षति भएको छ । पत्रकार दिलभुषण पाठकको भूमिका पनि शंकास्पद देखिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री थापाले पनि जेनजी पुस्ताको आन्दोलनको मागलाई लिएर कांग्रेसभित्र विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको कुरा उठाएर हस्ताक्षर अभियान चलाएका छन् । तत्कालीन समयमा बारबरा फाउण्डेसनसँग जोडिएका महामन्त्री थापाले सभापति देउवामाथि हमला गरिरहेका छन् । सभापति देउवा सांघातिक आक्रमणबाट अस्पतालमा उपचाररत छन् । यही मौकामा सभापति देउवालाई हटाएर नेपाली कांग्रेसको सभापति बन्न पाइन्छ की भनेर महामन्त्री थापाले हस्ताक्षर अभियान र विशेष महाधिवेशनको कुरा उठाएका छन् । बारबरा फाउण्डेसनसँग तत्कालीन समयमा जोडिएर कार्यक्रमहरूमा भाग लिएका महामन्त्री थापाले जेनजी पुस्ताको आन्दोलनप्रति निकै मोह देखाइरहेका छन् ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पनि मधुरो स्वरमा गगन थापाकै शैलीमा एमालेमा नेतृत्वको परिवर्तनको कुराहरू उठाइरहेका छन् । सचिव भट्टराईले एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई फालेर नेतृत्व हत्याउनुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्ले पनि बारबरा फाउण्डेसनसँग निरन्तर सम्पर्कमा रहेका युट्युबका भिडियो र तस्बिरहरूमा देखिएको छ । डा.वाग्लेले पनि रास्वपामा सभापति रवि लामिछाने र कार्यबाहक सभापति डोलप्रसाद अर्याललाई हटाएर नेतृत्व कब्जा गर्न खोजीरहेका छन् ।
बारबरा फाउण्डेसनका युट्युब च्यानलमा सन् २०१७ नोभेम्बर २० तारिखका दिन अपलोड भएको ‘बारबरा एडम्बस टल्क सिरिज १’मा नेपाली कांग्रेसका महामन्त्री थापा पनि अन्तरक्रिया कार्यक्रममा संलग्न देखिएका छन् ।
युट्युबमा लेखिएको छ, ‘बारबरा एडम्स टक सिरिजको पहिलो एपिसोडको शीर्षक थियो ‘नेपालमा द्रुत आर्थिक रूपान्तरण ः यसले के लिन्छ र हामी कहाँ उभिने छौं ?’ प्यानलका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्ले, कांग्रेस नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, एमाले सचिव योगेश भट्टराई र नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवाली थिए । छलफलको सञ्चालन दिल भूषण पाठकले गरेका थिए ।’
बारबरा फाउण्डेसनको विभिन्न कार्यक्रममा सहभागी भएका र जोडिएका हाइप्रोफाइल व्यक्तिहरूमा हरिवंश आचार्य, मदनकृष्ण आचार्य, हरिबहादुर थापा, किरण नेपाल, रास्वपाका सभापति रवि लामिछाने, केदारभक्त माथेमा, पूर्वराष्ट्रपति डा.रामवरण यादव, डा.भगवान कोइराला, पत्रकार टीकाराम यात्री, अनुरोधा कोइराला लगायत रहेका छन् । फाउण्डेसनका अध्यक्ष डा.सन्दुक रुइत हुन् । मोहना अन्सारी लगायतका व्यक्तिहरू सदस्य छन् ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया