सुदन गुरुङ नक्कली जेनजी भन्दै प्रधानमन्त्री कार्यालय अगाडि नाराबाजी, मन्त्री बनाउन कार्कीसँग माग

काठमाडौं । जेनजी पुस्ता आन्दोलनका घाइते बताउने समूहले प्रधानमन्त्री कार्यालय अगाडि नाराबाजी गरेका छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको मूल गेटमा घाइतेहरूले हामी नेपालको अध्यक्ष एवम् जेनजी आन्दोलनको संयोजक बताउने सुदन गुरुङलाई नक्कली जेनजी भन्दै नारावाजी गरेका हुन् । उनीहरूले अन्तरिम सरकारमा अवसरवादीहरूको हालीमुहाली भएको भएको बताएका छन् ।

नारावाजी गर्नेहरूले सुदन गुरुङलाई नक्कली जेनजी भएको आरोप लगाए । आन्दोलनका घाइतेहरूलाई हालसम्म कुनै किसिमको सुविधा नदिइएको उनीहरूको आरोप छ । उनीहरूले सरकारमा घाइतेहरूको परिवारको पनि सहभागिता हुनुपर्ने माग गरेका छन् ।

उनीहरूले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ५ बुँदे माग पत्र समेत बुझाएका छन् । मागको कार्यान्वयन हुनेपर्ने उनीहरूको चेतावनी छ । उनीहरूले मागपत्रमा घाइतेको तर्फबाट सरकारमा मन्त्री बनाउन भनेका छन् ।

यसअघि, उनीहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न नदिएको भन्दै नारावाजी गरेका थिए । गृह मन्त्रालय अगाडि यो समूहले नाराबाजी गरेर बबाल गरेको थियो ।

Published : Sunday, 2025 September 21, 5:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया