अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले देखाइन अहँकार र घमण्ड, उपराष्ट्रपति यादवको अपमान
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको मानमर्दन गरेर अपमान गरेकी छिन् ।
पूर्वप्रधान न्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवको मानमर्दन गरेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा विशेष कार्यक्रम राखेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरू, संवैधानिक निकाय, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका उच्च तहका कर्मचारीहरू लगायतलाई निमन्त्रणा गरिएको थियो ।
कार्यक्रममा सहभागी भएकी प्रधानमन्त्री कार्कीले मर्यादामा आफूभन्दा माथि रहेका उपराष्ट्रपति यादव आउँदा उभिएर स्वागत गर्नुपर्ने थियो । तर, प्रधानमन्त्री कार्कीले उपराष्ट्रपति यादवको सम्मान र मर्यादा नगरेर आफ्नो कुर्सीमा बसेरै नस्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
मर्यादामा प्रधानमन्त्रीभन्दा माथि उपराष्ट्रपति रहने व्यवस्था छ । प्रधानमन्त्री कार्कीले सामान्य शिष्टाचारलाई समेत बेवास्ता गरेर उपराष्ट्रपति यादवको अपमान गरेको भन्दै आलोचना भइरहेको छ ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीमा अहँकार र घमण्डले बास गरेको भनेर आलोचना भइरहेको छ । कार्कीको यस्तै घमण्ड र अहँकार हाबी रह्यो भने पतन हुने समय नजिक रहेको टिप्पणी हुन थालेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया