हत्या गर्ने उद्देश्यले सभापति देउवलाई धारिलो हतियार प्रहार, देउवा दम्पत्तिको स्वास्थ्यमा सुधार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमा धारिलो हतियार प्रहार गरेर आक्रमण भएको कांग्रेसले जनाएको छ ।
शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रचार विभाग प्रमुख मीनविश्वकर्माले भदौ २४ गते सभापति देउवाको निवासमा आन्दोलनकारीले धारिलो हतियारले आक्रमण गर्दा घाइते भएको बताए । उनले सभापति देउवाको गर्धनमा १२ वटा टाँका लागेको जानकारी दिए । देउवा दम्पत्तिलाई अझै केही दिन अस्पतालमा राखेरै उपचार गरिने उनले बताए । उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको बैठकमा जानकारी गराएका छन् ।
‘धारिलो वस्तुले आक्रमण गर्दा उहाँको गर्धनमाथि १२ वटा टाँका लगाइएको थियो,’ विश्वकर्माले भने, ‘उहाँको घाउ निको हुँदै गएको छ । उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको छ । पार्टीका नेतासँग कुराकानी गर्न थाल्नुभएको छ । छलफलमा भएकोले उहाँ सार्वजनिक भएजस्तै अवस्थामा हुनुहुन्छ ।’ देउवासँगै उनकी पत्नी डा.आरजु राणाको पनि स्वास्थ्यमा सुधार भइरहेको विश्वकर्माले जानकारी दिए ।
जेनजी आन्दोलन भड्किँदा गत भदौ २४ गते निवासमै पुगेर आन्दोलनकारीले देउवामाथि आक्रमण गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया