कांग्रेस केन्द्रीय कार्यालयमा हिंसात्मक समूहबाट जलाएको भग्नावेस हटाइ सरसफाइ गर्ने, क्षतिबारे जानकारी दिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा जेनजी आन्दोलनका क्रममा घुसपैठ गरेर अराजकता र हिंसात्मक गतिविधि गर्ने समूहबाट आगजनी भएपछि पार्टी कार्यालयमा रहेको भग्नावेस हटाइ सरसफाइ गर्न आह्वान गरिएको छ ।
कांग्रेसले आइतबार १ बजेदेखि पार्टी कार्यालयमा सरसफाइ गरेर भग्नावेस हटाउनेछ । सरसफाइ गर्नु अगाडि कांग्रेसले क्षतिको बारेमा जानकारी गराउनेछ ।
‘भाद्र २३ २ २४ गते भएको जेनजी आन्दोलनका समयमा गरिएको निजी एवं सार्वजनिक सम्पतिको तोडफोड, लुटपाट र आगजनीबाट हाम्रो विचार र आस्थाको धरोहर पार्टी केन्द्रीय कार्यालय वीपी समृति भवन पनि जलाएर ध्वस्त बनाए,’ कांग्रेसको प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
‘हामीले पार्टीका साथीहरूले आफनो पसिनाले बनाएको भवन जलेर खरानी भएको भग्नावेस एक पटक हेर्न पाउन् भन्ने मनसायले केही दिन शोक मनाउँदै पार्टी केन्द्रीय कार्यालय असोज ४ गतेसम्म जस्ताको तस्तै राख्ने विचार ग¥यौँ,’ विज्ञप्तिमा भनिएको छ ।
‘असोज ५ गते सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गर्दै सोही दिनको १.०० बजेदेखि सरसफाई गर्ने पुनः शोकलाई शक्तिमा बदलेर उस्तै जोस जागर र उत्साहका साथ देश र जनताका लागि क्रियाशील हुने प्रण गरिएको छ,’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
‘त्यो दिन गरिने सामूहिक सरसफाई कार्यमा सहभागी हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, भात संघ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सदस्यहरू, कार्यालयका कर्मचारी साथीहरू एवं नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूलाई सरसफाइका लागि आवश्यक गर्ने सामग्रीहरू (झाडु, कुचो, खालीबोरा, फोहो उठाउने, बाल्टी, मास्क, पञ्जा) सहित सहभागी भइदिन हुन सादर आमन्त्रण गरिन्छ,’ कांग्रेसले भनेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया