खेलाडीहरूद्वारा सभापति देउवा र नेतृ डा.राणाको ज्यान लिने गरी भएको हिंसाको घोर भर्त्सना
काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणामाथि भएको हातपात र दुर्व्यवहारको घोर भर्त्सना गरेको छ ।
आइतबार बसेको संघको आकस्मिक बैठकले सभापति देउवा र केन्द्रीय सदस्य डा.राणाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको अध्यक्ष देवेन्द्रकुमार शेरचनले बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित निवासमा बसेका बेला भदौ २४ गते सभापति देउवा र केन्द्रीय सदस्य डा.राणालाई हिंसात्क प्रवृत्तिका साथ कुटपिट गर्ने, अपशब्द बोल्ने, लुटपाट, तोडफोड र आगजनीका कार्य भएको थिए । डा.राणालाई भुसतिख्रेहरूले ज्यान लिने गरी निकै हिंस्रक तरिकाले कुटपिट समेत गरेका थिए । सभापति देउवालाई पनि ज्यान लिने उद्देश्यले कुटपिट भएको थियो ।
संघले जेनजी आन्दोलनका क्रममा देशभरि भएको धनजनको सम्पूर्ण क्षतिको सत्यतथ्य छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।
‘नेपाली कांग्रेस पार्टीको निर्देशानुसार केन्द्रदेखि जिल्ला तहसम्मका सबै समितिहरूलाई संविधान दिवसको दिन विभिन्न कार्यक्रमहरू आयोजना गर्न र सहभागी हुन निर्देशन दिइएको छ,’ अध्यक्ष शेरचनले भने ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया