जेनजी र सेनाले बनाएको ‘सुशीला’ सरकार १ महिनामा ढल्ने हर्क साङपाङको चेतावनी
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साङपाङले सुशीला कार्की नेतृत्वको सरकार एक महिनामा ढल्ने चेतावनी दिएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत मेयर राईले प्रधानमन्त्री कार्कीविरुद्ध कटाक्ष गरेका हुन् । उनले लेखेका छन्, ‘बुद्धि पुराएनन् भने यो सरकार १ महिनाभित्रै ढल्न सक्छ ।’
पूर्वप्रधानन्यायाधीश ७२ वर्षीया सुशीला कार्कीलाई जेनजी पुस्ताको आग्रहमा प्रधानमन्त्री बनाएको चर्चा भइरहेका बेला धरानका मेयर राईले सरकार १ महिनामा ढल्ने चेतावनी दिएका छन् ।
जेनजी समूह र नेपाली सेनाको प्रस्ताव प्रधानमन्त्री बनेकी कार्कीको प्रारम्भीक कामहरूप्रति मेयर राईले चित्त बुझाएका छैनन् । मेयर राई प्रधानमन्त्री कार्कीविरुद्ध बोल्न थालेका छन् ।
Published : Sunday, 2025 September 14, 6:26 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया