संसद विघटनमा कांग्रेसको नरम टिप्पणी, सभापति देउवा र डा.राणामाथि भएको आक्रमणबारे एक शब्द छैन

काठमाडौं । नरम भाषामा नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक कदम भन्दै विपक्षमा रहेको जनाएको छ ।

शुक्रबार साँझ विकसित घटनाक्रम लगत्तै उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद विघटन सर्वोच्च अदालतको ब्याख्या विपरीत भएको र संविधान सम्मत नभएको जनाएको छ ।

विज्ञप्तिमा उपसभापति खड्काको सभापतित्वमा कांग्रेस कार्यसम्पादन समितिको भर्चुअल बैठक बसेको भनिएको छ । बैठकमा सात प्रदेशका सभापतिहरूको सहभागिता रहेको थियो । निवासमा प्रवेश गरेर केही समूहले कुटपिट गरेर सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणालाई घाइते बनाएको छ । उनीहरूको अस्पतालमा उपचार गराइरहेको छ । कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा स्वास्थ्य लाभको कामना पनि गरिएको छैन, घटनाको निन्दा एवम् भर्त्ना पनि गरिएको छैन । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्ति निकै पूर्वाग्रही बनाएर जारी भएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको ब्याख्या विपरीत छ, संविधान सम्मत विल्कुल छैन ।’

‘यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ अर्कातर्फ जेनजी आन्दोलनको भावना र मर्मले मृत्यवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘भदौ २३ र २४ मा भएको अप्रिय र अनपेक्षित घटनाहरुको छानविन गरी कार्वाहीको दायरामा ल्याउदै पुनर्निर्माणमा जुट्नुपर्ने र संविधानसभाले निर्माण गरेको संविधान, त्यसले लिपिबद्ध गरेका परिवर्तन र उपलब्धिलाई जोगाउनुपर्नेछ,’ कांग्रेसले भनेको छ ।

‘त्यसैले यो अबस्थामा एकातर्फ कसैले उत्तेजना नफैलाओस् र अर्कोतर्फ संवैधानिक रिक्ततामा टेकेर जनताले दशकौंको संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धि उल्ट्याउने दुस्प्रयास नहोस् भन्नेतर्फ पनि सचेततापूर्बक ध्यान दिनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो गुरुत्तर दायित्व नेपाली कांग्रेससंग अपेक्षित छ ।’

जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने कांग्रेसले प्रस्ताव गरेको जनाएको छ । ‘नेपाली कांग्रेसले जिम्मेवार ढंगले आग्रह गरेको थियो– ‘राष्ट्रपतिज्यूले लिएको पहललाई जेनजी पुस्ताको माग र भावना बमोजिम नै निष्कर्षमा पु¥याउनु पर्छ र जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिनुपर्छ ।’

‘त्यसो गर्दैगर्दा बदलिएको परिस्थिति बमोजिमको ‘समाधानमुखी सहमति’लाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडि बढाउन सकिने हाम्रो सुझाव थियो,’ विज्ञप्तिमा भनिएको छ ।

‘संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै बिद्यमान बेथिति अन्त्यको मार्गचित्र तय गर्न नेपाली कांग्रेसको साथ रहने हाम्रो प्रतिबद्धता थियो,’ विज्ञप्तिमा भनिएको छ ।

‘संविधानको संरक्षक र पालनकर्ताका रुपमा ‘आवश्यकताको सिद्धान्त’ अनुरुप जेनजीले प्रस्तावित गरेको व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधान सम्मत बनाउन संसदबाट संविधान संशोधन गर्ने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने, हाम्रो प्रस्तावले राजनैतिक निकासमा पु¥याउने जिम्मेवार प्रस्ताव प्रस्तुत गरेको थियो,’ विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले सहमति पूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधान विपरित निर्णयमा पुग्नु दुःखद रहेको जनाएको छ ।

‘हामीले गरेको यो प्रस्तावमा सवैको जित र अपनत्व हुन्थ्यो, आन्दोलनकारीको माग अनुसारको प्रधानमन्त्री नियुक्त हुन्थ्यो र मुख्य कुरा यो प्रक्रिया अबलम्बन गर्दा संविधानलाई टेकेर समाधान निस्कन्थ्यो,’ कांग्रेसले भनेको छ ।

‘यसरी जेनजीको आन्दोलनको माग पनि सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुँदा सर्वस्वीकार्य हुने अबस्था रहँदा रहँदै सहमति पूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधान विपरित निर्णयमा पुग्नु दुःखद छ,’ कांग्रेसले भनेको छ ।

कांग्रेसले घटनाहरूको छानविन गरी कार्वाहीको दायरामा ल्याउँदै पुनर्निर्माणमा जुट्नुपर्ने र संविधानसभाले निर्माण गरेको संविधान, त्यसले लिपिबद्ध गरेका परिवर्तन र उपलब्धिलाई जोगाउनुपर्ने जनाएको छ ।

‘भदौ २३ र २४ मा भएको अप्रिय र अनपेक्षित घटनाहरुको छानविन गरी कार्वाहीको दायरामा ल्याउदै पुनर्निर्माणमा जुट्नुपर्ने र संविधानसभाले निर्माण गरेको संविधान, त्यसले लिपिबद्ध गरेका परिवर्तन र उपलब्धिलाई जोगाउनुपर्नेछ,’ कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ ।

‘त्यसैले यो अबस्थामा एकातर्फ कसैले उत्तेजना नफैलाओस् र अर्कोतर्फ संवैधानिक रिक्ततामा टेकेर जनताले दशकौंको संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धि उल्ट्याउने दुस्प्रयास नहोस् भन्नेतर्फ पनि सचेततापूर्बक ध्यान दिनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो गुरुत्तर दायीत्व नेपाली कांग्रेससंग अपेक्षित छ ।’

कांग्रेसले चुनौतीपूर्ण अबस्थामा स्थितिलाई थप विग्रिन नदिन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई लिक बाहिर जान नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

Published : Saturday, 2025 September 13, 2:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया