नवयुवा पुस्ताले उठाएका विषयवस्तुहरूलाई संस्थागत गर्न संसद कायम राख्नुपर्छ : कांग्रेस प्रवक्ता डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नवयुवा पुस्ताले उठाएका विषयवस्तुहरूलाई समेत संस्थागत गर्न संसद कायम रहनुपर्ने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत प्रवक्ता डा.महतले भने, ‘अहिले नवयुवा पुस्ताले उठाएका विषयवस्तुहरूलाई समेत संस्थागत गर्न संसद कायम राख्नु उपयुक्त र संवैधानिक हुन्छ ।’
उनले भने, ‘संसद भनेको प्राप्त अधिकारलाई संस्थागत गर्ने र समसामयिक जनसरोकारका विषयलाई छलफल गर्ने वैधानिक थलो हो ।’
‘जननिर्वाचित संसद विघटन हुने सोँचले कुनै समयमा संवैधानिक शून्यता उत्पन्न भए लोकतान्त्रिक मूल्य–मान्यता समाप्त हुने खतरा रहन्छ भन्ने विषयमा सम्माननीय राष्ट्रपतिज्यू, राजनीतिक दलहरूलगायत सबै सरोकारवाला पक्षहरूको गम्भीर ध्यान जानु अपरिहार्य छ,’ प्रवक्ता डा.महतले भनेका छन् ।
पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने, संसद विघठन गरेर मध्यावधि चुनाव घोषणा गर्ने सहमति भएपछि कांग्रेसका प्रवक्ता डा.महतले संसद विघठन गर्ने कथित सहमतिको विरोध गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया