सिंहदरबार जलाउने तस्बिरमा देखिए माओवादी नेता एवम् संगीतकार सापकोटा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता समेत रहेका संगीतकार तथा प्राज्ञ चेतन सापकोटाले सिंहदरबार जलाउन भिडलाई उकासको आरोप लागेको छ ।
माओवादी नेता सापकोटाले आन्दोलनको माहोलमा सिंहदरबार अगाडि हातले केही इशारा गरिरहेको अवस्थाको तस्बिरमा देखिएका छन् । सापकोटाको सोही तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सिंहदरबार जलाउने क्रममा माओवादी नेता एवम् संगीतकार सापकोटा सिंहदरबारभित्रै थिए । जेनजीको नाममा भएको प्रदर्शनमा सिंहदरबार जलेको छ । सिंहदरबार जलेर भष्म भएको छ । सबै दस्तावेजहरू जलेर नष्ट भएका छन् ।
माओवादीका नेता सापकोटा संगीत नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हुन् । उनी माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघको केन्द्रीय उपाध्यक्ष छन् ।
Published : Friday, 2025 September 12, 7:45 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया