नेपालबाट भागेका १२ जना कैदीलाई भारतले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझायो

काठमाडौं । भारतीय प्रहरीले महोत्तरी जिल्ला कारागारका फरार १२ जना कैदीबन्दीहरूलाई पक्राउ गरेर नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।

दुबै देशको प्रहरीबीच समन्वय पश्चात महोत्तरीको भिठठामोड सीमामा ९ जना फरार कैदीहरूलाई जिम्मा लगाएको हो । ३ जनालाई मनराशिसवाको वडा नं. १० स्थित बथनाहा चौकीको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका ९ जना कैदीलाई कारागारमा बुझाएको छ । भागेका कैदीबन्दीहरू हालसम्म ३७ फर्किएको महोत्तरीको कारागार प्रशासनले जनाएको छ ।

अहिलेसम्म आफु खुशी २५ जना फर्किसकेका छन् । भारतीय प्रहरीले १२ जनालाई बुझाएको गरी ३७ जना कारागारमा पुगे कारागार प्रसासनले जनाएको छ ।

विभिन्न अपराध र आरोपमा जलेश्वर कारागारमा कैदीबन्दी जीवन बिताइरहेका ५ सय ७६ मध्ये ५ सय ७५ जना सुरक्षा घेरा तोडेर फरार भएका थिए । कर्तव्य जान मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका एक मात्र दीपककुमार यादव भने भागेका थिएन ।

Published : Thursday, 2025 September 11, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया