कागजमा जारी भएको अपील होइन, राष्ट्रपति पौडेललाई भौतिक रुपमै चाहियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भौतिक रुपमा उपस्थिति गराएर राजनीतिक निकास संवैधानिक तरिकाले खोज्न माग उठेको छ ।
बिहीबार राष्ट्रपति पौडेलको नाममा अपील जारी भएको छ । अपीलप्रति अविश्वास गर्दै सामाजिक सञ्जालमा राष्ट्रपति पौडेललाई भौतिक रुपमा उपस्थिति गराएर अपील गर्न लगाउनुपर्ने माग उठेको हो ।
बिहीबार राष्ट्रपति पौडेलद्वारा जारी भएको अपीलमा भनिएको छ, ‘आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरू, देशको अहिलेको विषम परिस्तिथिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु ।’
‘आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपील गर्दछु,’ पौडेलले भनेका छन् ।
नेपाली सेनाले जंगी अड्डा भद्रकालीमा मुलुकको पछिल्लो अवस्थाका बारेमा संविधानभन्दा बाहिरबाट राजनीतिक निकास खोज्ने प्रयास गरेपछि राष्ट्रपति पौडेलको भौतिक रुपमा माग भएको छ । सामाजिक सञ्जालमा राष्ट्रपति पौडेललाई भौतिक रुपमा बाहिर ल्याएर अपील गर्न लगाउनुपर्ने माग गरेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया