बिहार प्रहरीद्वारा सिमानामा निगरानी, नेपालको अस्थिरताको फाइदा उठाएर भारत छिर्न खोज्नेलाई कारबाही गर्ने

काठमाडौं । नेपालमा देखिएको राजनीतिक अस्थिरता र हिंसात्मक आन्दोलनलाई ध्यानमा राखेर भारतको बिहानका सिमाना जोडिएका जिल्लाहरूमा उच्च सुरक्षा सतर्कता अपनाएको बिहार प्रहरीले जनाएको छ ।

नेपाल–भारत सिमानामा मानिसहरूप्रति निगरानी गर्नुका साथै उच्च सुरक्षा सतर्कता अपनाइएको बिहार प्रहरी मुख्यालयका अतिरिक्त निर्देशक जनरल कुंदन कृष्णले बताएका छन् ।

नेपालको अस्थिरस्थितिलाई ध्यानमा राख्दै नेपालसँग सिमाना जोडिएका बिहारका ७ जिल्लाहरूमा सुरक्षा सतर्कता अपनाइएको अतिरिक्त निर्देशक जनरल कुंदन कृष्णले बताएका छन् ।

प्रहरी मुख्यालयका अतिरिक्त निर्देशक जनरल कुंदन कृष्णले बिहार राज्य प्रहरी र एसएसबीले सीमामा कडा निगरानी राखेको बताएका हुन् । उनले सीमा बिन्दुमा मानिसहरूको गहन निगरानी र प्रमाणीकरण भइरहेको बताएका छन् ।

नेपालको राजनीतिक अस्थिरताको फाइदा उठाएर अपराधको प्रवृत्ति बढ्ने र शान्ति सुरक्षामा खलल गर्ने सम्भावनालाई ध्यानमा राखेर बिहार पुलिसले सुरक्षा सतर्कता अपनाएको छ । नेपालबाट भागेर जान खोज्ने अपराधिक व्यक्तिहरूलाई सिमानामा पक्राउ गर्ने रणनीति बिहार पुलिसले लिएको छ ।

Published : Thursday, 2025 September 11, 3:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया