राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जंगी अड्डाबाट होइन : पत्रकार महासंघ
काठमाडौं । नेपाल पत्रकार महासंघले सवंैधानिक प्रक्रियाबाट मात्र लोकतन्त्रलाई अझ सुदृढ गर्दै लैजानुको विकल्प नरहेको जनाएको छ ।
बिहीबार महासंघले प्रेस विज्ञप्ति जारी गरेर भनेको छ, ‘सुशासनको माग राखेर भएको आन्दोलनमा लाखांै युवाहरू सरिक भएको थिए । यसले लोकतान्त्रिक प्रक्रियालाई नै बलियो बनाउँछ । तर, सवंैधानिक प्रक्रियाबाट मात्र लोकतन्त्रलाई अझ सुदृढ गर्दै लैजानुको विकल्प छैन ।’
महासंघले अहिले देशभरिका पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको जनाएको छ । ‘४ जना पत्रकारहरू गोली लागि घाइते भएका छन् । धेरै मिडिया हाउस जलाइएका र आक्रमण गरिएको छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधै क्रियाशील हुने पत्रकारहरु र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको छ ।’
‘यो दुखद र आपत्तिजनक विषय हो । राज्यले मिडिया हाउस र पत्रकारलाई उचित क्षतिपूर्ति दिनुपर्छ,’ महासंघले भनेको छ, ‘राज्य र आन्दोलनकारीलाई प्रेस माथि निसाना नबंनाउन र यसमा कुनै घुसपैठ भएको भए सो सम्बन्धमा ख्याल राखी प्रेस तथा अभिव्यतिm स्वतन्त्रता कुण्ठित हुन नदिन अपील गर्दछ ।’
‘जेनजी पुस्ताका मागहरु माथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी छभन्ने महासंघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘देशमा व्याप्त भ्रष्टाचार र वेथितिका विरुद्ध उठेको युवाहरूको आवाजलाई दबाउन गरिएको सरकारी दमन निन्दनीय छ । त्यस्तै आन्दोनलका नाममा सरकारी, सार्वजनिक, निजी र भौतिक संरचनाको क्षतिप्रति महासंघ दुःख व्यक्त गर्दछ ।’
‘सिंहदरवार, संसद भवन र सर्वोच्च अदालत लगायतका सार्वजनिक संरचना र सञ्चार माध्यमका कार्यालयहरुमा पु¥याइएको क्षतिप्रति खेद व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो क्षतिको असर मुलुकले दीर्घकालसम्म व्योहोर्नु पर्नेछ ।’
महासंघले तत्काल यो संक्रमणकालीन अवस्थाको अन्त्यका लागि शान्तिपूर्ण समाधान गर्न राष्ट्रपतिले सवंैधानिक र राजनीतिक रुपमा निकास निकाल्न पहल गर्नपर्ने जनाएको छ ।
‘मुलतः वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरूमार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनु पर्दछ भन्ने महासंघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘यसका लागि राष्ट्रपतिले वार्ताका लागि बोलाई सकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसावले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपति बाटै हुनु पर्छ,’ महासंघले भनेको छ ।
‘यसको लागि सहजीकरण गर्न पत्रकार महासंघ लगायतका ६ वटा पेशागत सञ्जाल पापड तयार रहेको जानकारी गराउँदछौं,’ महासंघले भनेको छ, ‘सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जंगी अड्डाबाट होइन भन्ने महासंघको ठहर रहेको छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया