सभापति देउवा र नेतृ डा.राणामाथि भएको सांघातिक हमलाको कोशी कांग्रेसद्वारा भर्त्सना, संविधानभित्रैबाट निकाश खोज्न आग्रह
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा लगायत नेता, कार्यकर्ताहरूमाथि भएको सांघातिक हमलाप्रति घोर निन्दा एवम् भर्त्सना गरेको छ ।
बिहीबार कोशी कांग्रेसका सभापति उद्वव थापाले प्रेस विज्ञप्ति जारी गरेर भने, ‘पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा लगायत सम्पूर्ण नेताहरूमाथि भएको सांघातिक हमलाप्रति घोर भर्त्सना गर्दै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
सभापति थापाले भने, ‘प्रदर्शनका नाममा ऐतिहाँसिक धरोहरहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका साथै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, प्रदेश कार्यालयहरू, जिल्ला तथा क्षेत्रीय कार्यालयहरू, पार्टी सभापति आदरणीय शेरबहादुर देउवा लगायतका नेताहरूको घरमा आगजनी तथा तोडपाmेड गर्नका साथै परराष्ट्रमन्त्री डा.आरजु राणा लगायत सम्पूर्ण नेपाली कांग्रेसका नेताहरूमाथि भएको सांघातिक हमलाप्रति घोर भर्त्सना गर्दै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दर्छौं ।’
‘नेपालको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ,’ सभापति थापाले भनेका छन् ।
उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको बिकल्प लोकतान्त्रिक गणतन्त्र नै हो अन्य केही हुन सक्दैन त्यसैले मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिँड्न चाहने सबैमा नेपाली कांग्रेस कोशी प्रदेश वर्तमान संविधानभित्र रहेर समाधानको बाटो पहिल्याउन हार्दिक अपील गर्दछौं ।’
सभापति थापाले भने, ‘यो संकटको घडीमा संविधानको रक्षकको रुपमा उभिनु भएका राष्ट्रपतिज्यूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं साथै सबै पक्षसँग आवश्यक परामर्श गरी संविधानभित्रै रहेर समाधान खोज्न नेपाली कांग्रेस कोशी प्रदेश आग्रह गर्दछ ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया