नेपालकाे घटनाबारे भारतीय प्रधानमन्त्री मोदीकाे विशेष अपील
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालमा भएको हिंसा हृदय विदारक भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत माेदीले युवाहरूले ज्यान गुमाउनु परेकोमा आफ्नो मन विचलित भएको बताए । उनले भने, `आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरूको बारेमा विस्तृत छलफल भयो ।´
`नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण छ,´ माेदीले भने ।
`म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु,´ भारतीय प्रधानमन्त्री माेदीले भने ।
Published : Tuesday, 2025 September 9, 11:21 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया