परिस्थितिलाई थप जटिल हुन नदिन, संयमित हुन युवा जनशक्तिसँग सेनाद्वारा अनुरोध
काठमाडौं । नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन युवा जनशक्ति र देशवाशीमा अनुरोध गरेको छ ।
मंगलबार सेनाले अनुरोध जारी गरेर भनेको छ, भनेको छ, भनेको छ, ‘नेपाली र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ ।’
‘यस विषम परिस्थितिमा देशको ऐतिहाँसिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ सेनाले भनेको छ, ‘तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।’
‘आन्दोलनको क्रमा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।’
नेपाली सेनाले भनेको छ, ‘नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरूबारे नेपाली सेनाले विश्लेषण गरिरहेको छ ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया