सिंहदरबार र संसद भवनमा प्रदर्शनकारी प्रवेश, तोडफोड र आगजनी

काठमाडौं । जेनजी प्रदर्शनकारी सिंहदरबार र संसद भवनमा प्रवेश गरेर तोडफोड गरेका छन् ।

उनीहरूले भद्रकालीको गेटबाट सिंहदरबार प्रवेश गरेका हुन् । सिंहदरबारमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । सिंहदरबारबो पश्चिम गेटलाई तोडफोड गरेर क्षति पु¥याएका छन् ।

सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै अन्य मन्त्रालय र संसद् सचिवालय रहेका छन् ।

उता, प्रदर्शनकारी संघीय संसद् भवन नयाँ बानेश्वर प्रवेश गरेका छन् । उनीहरूले संसद् भवनभित्र तोडफोड र आगजनी गरिरहेका छन् ।

मंगलबार दिउँसो प्रदर्शनकारी संसद् भवनभित्र प्रवेश गरेका हुन् । कफ्र्यू आदेशका बीच प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका हुन् ।

Published : Tuesday, 2025 September 9, 2:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया