भारतद्वारा जेनजीको प्रदर्शनमा युवाहरूको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त
काठमाडौं । भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर जेनजीको प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
‘हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दुःखी भएका छौं ।’
भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘मृतकका परिवारप्रति हाम्रो समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’
नेपालसँगको नजिकको मित्रता र छिमेकीको नातालाई जोड दिँदै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई भारतको आग्रह छ ।
भारतले काठमाडौंसहित अन्य शहरमा कफ्र्यू आदेश जारी भएको उल्लेख गर्दै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न विज्ञप्तिमार्फत भनेको छ ।
000
Press Release on recent developments in Nepal (September 09, 2025)
September 09, 2025
We are closely monitoring the developments in Nepal since yesterday and are deeply saddened by the loss of many young lives. Our thoughts and prayers are with families of deceased. We also wish speedy recovery for those who were injured.
- As a close friend and neighbour, we hope that all concerned will excercise restraint and address any issues through peaceful means and dialogue.
- We have also taken note that authorities have imposed curfew in Kathmandu and several other cities of Nepal. Indian nationals in Nepal are advised to exercise caution and adhere to the steps and guidelines issued by the Nepali authorities.
New Delhi
September 09, 2025
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया