शान्ति सुरक्षा बनाउन एआईजी कार्कीलाई काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी प्रदान

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा १९ जनाको ज्यान जाने गरी भएको घटनापछि नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको कमाण्ड सम्हाल्ने गरी एआइजी दानबहादुर कार्कीलाई खटाइएको छ ।

गृह मन्त्रालयले एआईजी कार्कीलाई मंगलबारदेखि उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको रूपमा खटाइएको हो । एआईजी कार्की रानीपोखरी कार्यालयमा हाजिर समेत भइसकेका छन् । कार्कीले काठमाडौं उपत्यकाको शान्ति सुरक्षाका लागि कमाण्ड सम्हालेका छन् ।

रानीपोखरीका एआईजी टेक तामाङले गत साता अवकाश पाएका थिए । रानीपोखरीमा एआईजीको पद रिक्त थियो ।

सोमबार बानेश्वरमा जेनजीको प्रदर्शन हुँदा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखविहीन थियो । डीआइजी ओम रानाले रानीपोखरीमा निमित्त प्रमुखको रूपमा जिम्मेवारी सम्हालिरहेका थिए ।

Published : Tuesday, 2025 September 9, 9:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया