जेनजी प्रदर्शनमा भएको ठूलो हताहतीपछि चिन्तित देउवा र ओलीबीच आकस्मिक भेट
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनपछिको उत्पन्न परिस्थितिका विषयमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच आकस्मिक रुपमा भेट भएको हो । भेटमा जेनजी पुस्ताको प्रदर्शन र ठूलो रुपमा भएको मानवीय क्षतिका विषयमा सभापति देउवाले प्रधानमन्त्री ओलीसँग चिन्ता जनाएका छन् ।
प्रधानमन्त्री ओलीसँग सभापति देउवाले घाइतेहरूको उचित उपचार, मृतकका आफन्तलाई क्षतिपूर्ति, जेनजी पुस्ताको आन्दोलन र माग लगायतका विषयमा गम्भीर हुन आग्रह गरेको बुझिएको छ ।
देउवाले ओलीसँग बन्द गरिएका सामाजिक सञ्जालहरूको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् । देउवाले कानून बनाएर सामाजिक सञ्जाल दर्ताको प्रक्रिया अगाडि बढाउन सुझाव दिएको बुझिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया