कांग्रेस सभापति देउवाद्वारा प्रधानमन्त्री ओलीलाई फोन, आजदेखि सामाजिक सञ्जाल खोल्ने निर्णय गर्नु होला
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई फोन गरेर सामाजिक सञ्जाल पुनः सञ्चालन गर्न आग्रह गरेका छन् ।
सोमबार नयाँ बानेश्वर र देशका विभिन्न स्थानमा भएका जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो हताहती भएपछि सभापति देउवाले सामाजिक सञ्जाल खोल्ने निर्णय गर्न ओलीसँग आग्रह गरेका हुन् । देउवाले सोमबार साँझ बस्न लागेको मन्त्रिपरिषद बैठकबाट सामाजिक सञ्जाल बन्द गर्ने निर्णय खुलाउन आग्रह गरेका छन् ।
सोमबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित सभापति देउवाको निवासमा कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बसेको छ । बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल पूर्ववत् अवस्थामा चल्न दिने निर्णय गर्न सरकारलाई आग्रह गर्ने संस्थागत निर्णय गरेको एक नेताले बताए ।
गत बिहीबार सरकारले नेपालमा दर्ता गर्न नआएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि जेनजी पुस्ताले प्रदर्शन गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया