जेनजी हिंसात्मक प्रदर्शनमा १९ जनाको मृत्यु, थुप्रै घाइते, केहीको सनाखत
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा मृत्यु भएकामध्ये केहीको सनाखत भएको छ ।
काठमाडौंमा मात्रै प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको छभने ३ सयभन्दा धेरै घाइते भएका छन् ।
सोमबार भएको नयाँ बानेश्वरको झडपमा ठूलो संख्यामा हताहती भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ । तीमध्ये ५ जनाको सनाखत भएको छ । ट्रमा सेन्टरका अनुसार ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, अन्दाजी २८÷२९ वर्षीय गौरव जोशी र अन्दाजी २८÷२९ वर्षकै स्टप अधिकारीको मृत्यु भएको छ ।
अन्य तीन जनाको भने सनाखत भएको छैन । ३ जनालाई मृत ल्याइएको र बाँकीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उता, सुनसरीको इटहरीमा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा इटहरीमा २ जनाको मृत्यु भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया