जेनजी आन्दोलनमा हिंसा र घुसपैठ हुनु दुखद् : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले काठमाडौं लगायत देशका विभिन्न स्थानमा युवा पुस्ता (जेनजी)को नेतृत्वमा भइरहेका आन्दोलनको मागप्रति संवेदनशील बन्न सरकारसंग आग्रह गरेका छन् ।

सोमबार प्रेस नोट जारी गरेर नेता महरले सरकारलाई अभिभावकीय भूमिका खेलेर जिम्मेवार बन्न र आन्दोलनकारीका मागहरूलाई सम्बोधन गर्न आग्रह गरेका हुन् ।

लोकतान्त्रिक व्यवस्थामा आफ्ना संवैधानिक अधिकारका लागि शान्तिपूर्ण रूपमा आवाज उठाउनु नागरिकको नैसर्गिक अधिकार भएको महरले बताएका छन् ।

कांग्रेस नेता महरले जेनजी आन्दोलनमा हिंसा र घुसपैठ हुनु दुखद् भएको बताएका छन् । उनले घाइतेहरूको अविलम्ब निःशुल्क उपचारको व्यवस्था गर्न र आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

Published : Monday, 2025 September 8, 4:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया