जेनजी प्रकरणमा प्रधानमन्त्री ओलीलाई असक्षम भन्दै कांग्रेस नेता भण्डारीद्वारा राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले जेनजी आन्दोलनका क्रममा गोली लागेर प्रदर्शनकारीको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गरेर भण्डारीले घाइतेहरूको उपचारका व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । उनले जेनजी आन्दोलनका कारण मुलुकको राजनीतिक परिस्थिति तरल अवस्थामा पुगेको भन्दै तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् ।

प्रदर्शनका कारण मानवीय क्षति हुन नदिनका लागि संयमता अपनाउन सबै पक्षसँग कांग्रेस नेता भण्डारीले आग्रह गरेका छन् । उनले मुलुकमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने विषयमा वर्तमान सरकारका प्रधानमन्त्री केपी ओली असक्षम भएको बताए । भण्डारीले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् ।

कांग्रेस नेता भण्डारीले भने, ‘मुलुकमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने विषयमा वर्तमान सरकारका प्रधानमन्त्री केपी ओली असक्षम हुनु भएको हुँदा तत्काल राजीनामाको माग समेत गर्दछु ।’

Published : Monday, 2025 September 8, 4:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया