कांग्रेसद्वारा मनाङ प्रदेशसभा उपनिर्वाचनकाे टिकट दिने अधिकार सभापति देउवालाई प्रदान

काठमाडौं । नेपाली कांग्रेसले मनाङ जिल्लामा हुन लागेको प्रदेशसभा उपनिर्वाचनकाे उम्मेदवारलाई टिकट दिने अधिकार प्रदान गरेको छ ।

आइतबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाकाे निवासमा बसेकाे केन्द्रीय सम्पादन समितिकाे बैठकले मनाङकाे उपनिर्वाचनकाे टिकटको अधिकार पार्टी सभापति देउवालाई दिने निर्णय गरेकाे मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, `उक्त उप–निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।´

संवत् २०८२ साल कात्र्तिक १७ गते सम्पन्न हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा रिक्त गण्डकी प्रदेशको प्रदेश सभा सदस्यको उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गर्दछ´, कांग्रेसले भनेको छ ।

`उक्त उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ,´ विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशसभा सदस्य दीपक गुरुङ (दीपक मनाङे)काे सदस्य पद सर्वोच्च अदालतले खारेज गरेपछि मनाङ १(२) मा उपनिर्वाचन हुन लागेको छ ।

Published : Sunday, 2025 September 7, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया