कांग्रेसको खेलकुद संघको सबै जिल्लामा अधिवेशन सम्पन्न, अध्यक्षमा दोहोरिने शेरचनको इच्छा
काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको पहिलो केन्द्रीय अधिवेशनका लागि सबै जिल्ला अधिवेशन सकिएको संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले बताएका छन् ।
अध्यक्ष शेरचनले सबै जिल्लाको अधिवेशन सकिनुका साथै पाँच प्रदेश बागमती, गण्डकी, कोशी, सुदूरपश्चिको र लुम्बिनिको अधिवेशन सम्पन्न भएको बताए । बाँकी रहेका दुई प्रदेश कर्णालीको २४ गते र मधेशमा २७ गते गरिसक्ने निर्णय संघले गरेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय महाधिवेशन यही असोज पहिलो साता हुने अध्यक्ष शेरचनले बताए ।
पहिलो पटक हुन लागेको केन्द्रीय अधिवेशनमा अध्यक्षका आकांक्षी थुप्रै देखिएका छन् । के तपाईं पनि अध्यक्ष पदको दावेदार हो ? भन्ने प्रश्नमा शेरचनले भने, ‘मेरो प्रमुख जिम्मेवारी भनेको केन्द्रीय अधिवेशन सफल गराउनु हो । म अधिवेशन गराउन निर्वाचन निर्देशन समितिका संयोजक मोहनबहादुर वस्नेतको निर्देशन अनुसार अगाडि बढ्ने हो ।’
‘जहाँसम्म अध्यक्ष उठ्ने सवाल छ, त्यो मैले अहिल्यै भन्ने कुरा होइन । मेरो प्रमुख दाइत्व भनेको अधिवेशन सम्पन्न गर्नु नै हो,’ शेरचनले भने, ‘यदि पार्टीले मेरो मूल्याङ्कन गरेर जिम्मेवारी दिएको खण्डमा पछि हट्ने कुरा आउँदैन ।’
तपाईंले भदौ महिनाभित्रै केन्द्रीय अधिवेशन सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ, के यो समयमा सम्पन्न होला त ? भन्ने प्रश्नको जवाफमा अध्यक्ष शेरचनल भने, ‘यसमा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतको हो । उहाँले जस्तो निर्देशन दिनुहुन्छ, म त्यहि अनुसार अगाडि बढ्ने हो ।’
नेपाल लोकतान्त्रिक खेलकुद संघको गठन २०७१ सालमा भएको थियो । त्यसपछि २०७९ साल साउन २ गते नेपाली कांग्रेसको भ्रातृ संगठनको रुपमा मान्यता पाएपनि सोही वर्षको माघ २३ गते मात्रै औपचारिक रुपमा पत्र प्राप्त गरेको थियो । त्यसपछि अहिलेसम्म अर्थात् १२ वर्ष बितिसक्दा पनि संघको अधिवेशन हुन सकेको छैन ।
संघको लामो समयसम्म अधिवेशन हुन नसकेपछि निरन्तर रुपमा संघको अधिवेशन हुनुपर्ने आवाज उठेको थियो । यही कुरालाई दृष्टिगत गर्दै कांग्रेसले केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा निर्देशन समिति गठन गर्दै जिल्ला र प्रदेश अधिवेशनलाई अगाडि बढाएको थियो ।
संघका सबै पदाधिकारीले सहयोग गर्दै आएको र आगामी दिनमा पनि संघको विकास र विस्तारका साथै केन्द्रीय अधिवेशन सम्पन्न पार्नका लागि विशेष भूमिका निभाउने अध्यक्ष शेरचनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया