बालेनद्वारा राष्ट्रपति पौडेलको भव्य स्वागत, प्रधानमन्त्री ओलीको अनुहार हेरेनन्
काठमाडौं । इन्द्रजात्रा हेर्न आएका राष्ट्रपति रामचन्द्र पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले स्वागत गरेका छन् ।
शनिबार काठमाडौंको बसन्तपुरमा इन्द्रजात्रा हेर्न आएका राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आफै स्वागत गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीको स्वागतमा भने बालेन देखिएनन् । प्रधानमन्त्री ओलीलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले स्वागत गरेको तस्बिरमा देखिएको छ ।
अघिल्लो वर्षको इन्द्रजात्रामा अनुपस्थित रहेका मेयर बालेन यसपटक भने उपस्थित छन् । राष्ट्रपति पौडेललाई स्वागत गरेर मेयर बालेनले परम्परागत संस्कारलाई बचाउने प्रयास गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग बालेनको राम्रो सम्बन्ध छैन । सोही कारण गतवर्ष उनी इन्द्रजात्रामा सहभागी नभएको टिप्पणी भएको थियो ।
इन्द्रजात्रामा राष्ट्रपति पौडेलका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतका उच्चपदस्थ पदाधिकारीहरूले इन्द्रजात्राको अवलोकन गरेका छन् ।
दिउँसो बसन्तपुर पुगेर देशका प्रमुख पदाधिकारीहरूले इन्द्रजात्रा अवलोकन गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार मेयर बालेनले प्रधानमन्त्री ओलीतर्फ फर्किएर अनुहार पनि नरहेको टिप्काटिप्पणी भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया