प्रधानमन्त्री ओली र सभापति देउवाको सहमतिमा खतिवडाद्वारा विशेष समितिको सभापतिमा मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा मनोनयन दर्ता गरेका छन् ।
बिहीबार संसद सचिवालय सिंहदरबारमा सांसद खतिवडाले सभापति पदमा मनोनयन दर्ता गराएका हुन् । खतिवडाको प्रस्तावकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र समर्थकमा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला रहेका छन् ।
यसअघि खतिवडा राज्य व्यवस्था तथा सशासन समितिको सभापति रहेका थिए । केही बिचौलिया र सचिवालयका कर्मचारीहरूले निजामती कर्मचारी विधेयकमा चलखेल गरेर कुलिङ अफ पिरियडको व्यवस्था हटाइदिएपछि सभापति खतिवडाले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए । राज्य व्यवस्था तथा सशाुन समितिको सभापति रहेका बेला कुलिङ अफ पिरियडमा खतिवडाको कुनै दोष र गल्ती नदेखिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली लगायतको सुझाव र प्रस्ताव खतिवडालाई पुनः संसदीय सुनवाइ विशेष समितिको सभापति बनाउन लागिएको छ ।
राज्य व्यवस्था समितिको सभापतिबाट खतिवडाले राजीनामा दिए लगत्तै उनलाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया