परराष्ट्रमन्त्री डा.राणाद्वारा नेपालका लागि म्यानमारका राजदूत माउङलाई बिदाइ

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपालका लागि म्यानमारका राजदूत यू म्यो मिन्ट माउङलाई बिदाइ गरेकी छिन् ।

बुधबार डा.राणाले राजदूत माउङलाई टेलिफोन गरेर बिदाइ गरेकी हुन् ।

‘नेपाल र म्यानमारबीचको लामो समयदेखिको द्विपक्षीय सम्बन्धलाई अभिवृद्धि गर्न उहाँको योगदानको लागि मैले कदर व्यक्त गरें,’ डा.राणाले भनिन्, ‘उहाँको भविष्यको कार्यका लागि शुभकामना व्यक्त गर्दछु ।’

Published : Wednesday, 2025 September 3, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया